काठमाडौं– ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई ३–१ ले पराजित गर्दै स्पेनिस ला लिगामा लगातार सातौं जित हात पारेको छ।
बार्सिलोनाले सात खेलमा ३१ गोल गरिसकेको छ र दोस्रो स्थानको रियल मड्रिडभन्दा ६ अंकले अगाडि छ। रियलले आइतबार एट्लेटिको मड्रिडसँग खेल्दैछ।
बार्सिलोनाका लागि लामिन यमलले राफिन्हाका दुई गोलमा सहयोग गरे। राफिन्हाले जारी सिजन ला लिगामा १२ गोल गरिसकेका छन्, जुन अहिलेसम्म लिगकै सर्वाधिक हो। उनले अघिल्लो पूरा सिजनमा गरेको गोलसंख्या १३ थियो।
सेभियाले युसुफ फोफानाको गोलमार्फत अग्रता लिए पनि राफिन्हाले पहिलो हाफको मध्यतिर बराबरी गोल फर्काए।
दोस्रो हाफको ५२औं मिनेटमा यमलले उत्कृष्ट ड्रिब्लिङ गर्दै राफिन्हाले नजिकबाट हेडमार्फत दोस्रो गोल गरे। त्यसपछि यमलकै अर्को सहयोगमा राफिन्हाले ह्याट्रिक पूरा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।