विराटनगर– सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको छ। गोली लागेर एकजना घाइते भएका छन् ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको छ । घाइतेको तिघ्रामा चोट लागेको खबर आएको उनले बताए ।
गोली किन र कसले चलाएको भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए। घाइतेको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।