• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी

64x64
लोकराज अवस्थी बुधबार, भदौ २४, २०८३  १७:५१
1140x725

बीपी कोइराला सधैँ भन्नुहुन्थ्यो, हाम्रो मुलुकमा किसान छ। जसले किसानको भलाइ गर्छ, जसले हलो जोत्ने मानिसको भलाइ गर्छ, जसले गाउँमा बस्ने मानिसको भलाइ गर्छ, त्यही नै हाम्रा लागि समाजवाद हो। अर्को अर्थमा भन्दा बीपीले हाम्रो समाजवादी नीति भनेको गाउँका जनताको भलाइ लक्षित नीति तथा कार्यक्रम नै समाजवादी नीति हो भनेका छन्। बीपी कोइरालाको नेतृत्वमा २०१५ सालमा गठन भएको सरकारले पहिलोचोटी प्रजातान्त्रिक समाजवादमा आधारित नीति तथा कार्यक्रम ल्याएर नयाँ युगको सुरुआत गरेको थियो। पछि नेपाली कांग्रेसको मार्गदर्शन तथा पार्टी सिद्धान्त नै बीपीको प्रजातान्त्रिक समाजवाद बन्दै गयो।

आज बीपी कोइरालाको ११३औँ जन्मजयन्ती मनाइँदैछ। बीपीलाई फरक–फरक दृष्टिकोणबाट सम्झिने र स्मरण गर्ने कार्य भइरहेको छ। तर विडम्बना, बीपीको प्रजातान्त्रिक समाजवादलाई आफ्नो मूल सिद्धान्त अवलम्बन गरेको नेपाली कांग्रेस भने संस्थापन पक्ष र इतर पक्षका नाममा विभाजित भएर बीपीलाई सम्झँदै छ। गगनकुमार थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेस र चुनदेवीमा रहेको शेरबहादुर देउवानिकट नेपाली कांग्रेसले बीपीलाई अलग–अलग कार्यक्रम तथा आफ्नै ढंगले सम्झिने प्रतिस्पर्धा चलिरहेको छ। हुन त नेपाली कांग्रेसको नाममा फरक–फरक कार्यक्रम, भेला, गोष्ठी, राष्ट्रिय सम्मेलन, विशेष महाधिवेशन हुन थालेको एक वर्ष पुग्न लाग्यो। दुवै पक्षले भाषणमा बीपीको नाम भजाएकै छन्। बीपीको फोटोसँग आफ्नो फोटो टाँसेकै छन्। बीपीलाई राजनीतिक बजारमा बेचेकै छन्।

एकछिन अब बीपी र उनको प्रजातान्त्रिक समाजवादको विषयमा चर्चा गरौँ। बीपी कोइराला आधुनिक नेपाली समाजका महान् राजनेता हुन्। सँगसँगै १८औँ शताब्दीका प्रजातान्त्रिक समाजवादका विश्व विचारकसमेत हुन्। बीपीलाई नेपाली समाजसँग जोडेर हेर्‍यो भने बुझ्न सजिलो हुन्छ। हालको नेपाली समाज उनकै सिद्धान्त तथा विचारको वरिपरि घुमिरहेको छ। र, उनकै अगुवाइमा प्रजातन्त्रको जग बसाल्ने थालनी भएको थियो। उनले बन्द समाजलाई खुलातर्फ, निरंकुश शासनलाई उदार प्रजातन्त्रतिर र रैतीलाई सम्मानित नागरिक बनाउने महान् कार्यको नेतृत्व गरेका थिए। युगौँयुगसम्म बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको आवश्यकता र औचित्य पुष्टि भइरहनेछ। र, नेपाली समाजलाई उन्नतिपथमा डोर्‍याइरहनेछ। त्यस कारण बीपी कोइराला नेपाली समाजका युगीन राजनेताका रूपमा अनुकरणीय र अनुशरणयोग्य रहिरहने छन्।

प्रजातान्त्रिक समाजवाद राजनीतिक तथा आर्थिक समानता हो। सामाजिक समानता र आर्थिक सम्पन्नता हो। सबैतिर प्रजातान्त्रीकरण हुनु हो। सबैको पहुँचयोग्य व्यवस्था हो। बुलेट नभएर ब्यालेटको शासनपद्धति हो। जनताको सर्वोच्चता र सर्वोपरिता नै हो। समाजका सदस्यहरूको सर्वाधिक कल्याण र सुरक्षा गर्नु समाजवादको उद्देश्य हो। बीपीको परिकल्पना समाजका सबैले खाने, लाउने, बस्ने न्यूनतम आवश्यकता हुनुपर्छ भन्ने नै हो। यसरी बीपीले समाजवादलाई आर्थिक र राजनीतिक समानतासँग जोडेर व्याख्या गरेका छन्। राजनीतिक स्वतन्त्रताले मात्र पेट भरिँदैन। त्यसका लागि आर्थिक सम्पन्नता पनि चाहिन्छ भन्ने कुरामा जोड दिएकाले बीपीको समाजवाद नेपाली समाजमा चाँडो स्थापित भएको हो।

आधुनिक समाजवाद भनेकै उन्नत प्रजातन्त्र हो। ऐन, कानुन, व्यवस्था, दण्ड, विधान आदि जनप्रतिनिधिहरूबाट निर्माण हुनुपर्छ। समाजको सार्वभौमिकता राज्य वा सरकारमा निहित हुन्छ। सरकारलाई आफूले बनाएको विधि, विधान वा ऐन मान्न बाध्य बनाउन सक्छ। यस सिद्धान्तबाट केही व्यावहारिक राजनीतिक परिस्थिति निस्किन्छन्। प्रजातन्त्र, समाजवाद, आर्थिक तथा राजनीतिक उन्नति बीपीको समाजवादका मुख्य आधार हुन्। उनले सँगै राजनीतिक स्वतन्त्रताविनाको समाजवाद र आर्थिक उन्नतिविनाको प्रजातन्त्र जनताको हितमा हुँदैन पनि भनेका छन्। त्यसैले राजनीतिक स्वतन्त्रता र आर्थिक उन्नतिलाई एक ठाउँमा राखेर व्याख्या गरेका छन्।

बीपीले प्रजातन्त्रको व्याख्या पनि बहुत सरल तरिकाले गरेका छन्। उनले भनेका छन्, जनप्रतिनिधि छान्ने चुनाव वास्तविक हुनुपर्छ। जनतालाई आफ्नो प्रतिनिधि रोज्ने स्वतन्त्रता हुन्छ। निर्वाचनसँग जहिले पनि स्वतन्त्रताको प्रश्न पूरा हुनेबित्तिकै यसैसँग जोडिएको अर्को प्रश्न नागरिक संवाद पनि जोडिएर आउँछ। अभिव्यक्ति स्वतन्त्रता भनेको वाक् स्वतन्त्रता हो। प्रत्येक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता हुनुपर्छ। कुन विचारधारा वा मतको पक्षमा जनताले आफ्नो भोट दिने भन्ने कुरा पनि सँगै आउँछ। तबमात्र सही व्यक्ति चुनिन सक्छ। यसरी बीपीको समाजवाद सैद्धान्तिक रूपमा पनि स्पष्ट छ, जुन बीपीले प्रजातन्त्रको सिद्धान्तलाई लामो संघर्षपछि व्यवहारमा पनि लागू गरेर देखाए। नेपालको इतिहासमा जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्न सफल भए।

बीपीले स्पष्ट शब्दमा भनेका छन्, ‘अधिकार गरिबलाई पनि, शिक्षितलाई अशिक्षितलाई पनि, तागाधारीलाई मात्र होइन मतवालीलाई पनि, लोग्ने मानिससँगै महिलालाई सबैलाई कुनै किसिमको भेदभाव नराखी सुरक्षित रहनुपर्छ।’ उनले व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार, चुनाव, पार्टी सङ्गठनको अधिकार आदि प्रजातन्त्रका अभिन्न अङ्ग मानेका छन्। जहाँ यी सबै अधिकार एवम् स्वतन्त्रतामा कुनै किसिमको पनि बन्धन रहन्छ, त्यहाँ प्रजातन्त्रमाथि नै बन्धन छ ठान्नुपर्छ भन्ने बीपीको अटल मान्यता रहेको थियो। बीपीले परिकल्पना गरेको व्यवस्थामा प्रजातन्त्रमा जात, भाषा, लिङ्ग, वर्ण वा क्षेत्रले खासै अर्थ राख्दैन। सबै समान हुन्छन्। कोही बढी, कोही कम भन्ने पनि हुँदैन। उनले प्रजातन्त्रका आधारभूत सिद्धान्तलाई आत्मसात् गरी व्याख्या गरेका छन्।

बीपीले समाजवाद वा आफ्नो सिद्धान्तलाई पुष्टि गर्न दूधको उदाहरण दिएर स्पष्ट पारेका छन्। ‘मानिलिउँ एउटा समाजमा एक लाख मानिस छन् र त्यसमा दूधको उत्पादन सय माना मात्र छ। समान गर्ने नाउँमा सबैलाई गणितको न्यायले सबैलाई एक–एक चम्चा दूध दिन सकिएला, तर त्यस्तो समानता सामाजिक न्यायका दृष्टिले समानता ठहरिँदैन, अपव्यय ठहरिन्छ।’ उनले यसलाई उत्पादनको यो न्यायलाई घोषणाद्वारा एकैचोटि बदर गर्न सकिँदैन। दूधको उत्पादनको वृद्धि गर्नपट्टि लाग्नुपर्छ। पर्याप्त मात्रामा दूधको उत्पादन भएपछि मात्र समान वितरणको प्रश्न आउँछ भनेका छन्। त्यसो हुनाले आर्थिक समानतामा उत्पादनको अभिवृद्धि अपेक्षित हुन्छ। स्रोत–साधनको वितरण र समान उपभोगका लागि यो उदाहरण नेपाली समाजमा अहिले पनि उत्तिकै समयसापेक्ष हुँदै आएको छ। यो संघीयतामा जाँदा समान स्रोतको बाँडफाँटसँग पनि जोडिएको कुरा हो।

Ncell 2
Ncell 2
nimb
nimb

अब कुरा गरौँ, बीपीको प्रजातान्त्रिक समाजवादमा अडिएको नेपाली कांग्रेसले बीपी मार्गमा हिँड्यो कि हिँडेन? बीपीको राजनीतिक तथा आर्थिक समानताको सिद्धान्तलाई अनुसरण तथा कार्यान्वयन गर्‍यो कि गरेन? अर्थात् सामाजिक न्याय तथा जनहितका लागि कति काम गर्‍यो? यी अहम् प्रश्न हुन्।

नेपाली कांग्रेसको सरकार हुँदा बीपीले भनेजस्तो नेपालको योजना बनाउँदा राजा र झुपडीअगाडि उभिएको किसानको तस्बिरसँगै राखेर योजना बनाउनुपर्छ भन्ने भनाइलाई मनन गरी कार्यान्वयन गर्‍यो त? अर्को प्रश्न खडा हुन्छ।

बीपीको निधनपछि बिस्तारै नेपाली कांग्रेस बीपीपथबाट विचलित हुँदै आयो। राजनीतिक रूपमा केही सफल भए पनि आर्थिक समृद्धिका रूपमा सफल हुन सकेन। कांग्रेसले जनमुखी अर्थात् झुपडी लक्षित कार्यक्रम ल्याउन सकेन। कांग्रेसको शासनकालमा मध्यम तथा ठूला वर्गका मानिसले अधिक फाइदा लिए। उदारवादका नाममा कांग्रेस नवउदारवादी भयो। पुँजीवादको पनि चरम अवस्थालाई मात्र प्राथमिकता दियो। र, राज्यभन्दा निजी क्षेत्र बलियो बन्दै गयो। जनता भन्दा पनि सरकार निजी क्षेत्रमाथि निर्भर हुन बाध्य भयो। जसले आर्थिक असमानता पैदा गरिदियो। गरिब झन् परनिर्भर हुँदै गए। जसले धनी र गरिबबीचको खाडल नपुरिने गरी बढाइदियो। कार्यक्रम त कता हो कता, पछिल्लो समयमा कांग्रेसले गरिबको पक्षमा बोल्न नै छाड्यो।

नेपाली कांग्रेसले लोककल्याणमा आधारित पुँजीवादभन्दा घोर नाफामुखी पुँजीवादलाई आत्मसात् गर्दै अहिलेको अवस्थामा आइपुग्यो। जसले वैचारिक रूपमा विचलित तुल्यायो। नेपाली कांग्रेस ग्रामीण भेगमा बस्ने मानिस, गरिब, बेरोजगार, अशिक्षित, आर्थिक रूपमा विपन्न, दलित तथा किनारा पारिएका जनताको पक्षमा बोल्न छाड्यो। हुँदाहुँदा अहिले त निर्वाचनताका ल्याइएको घोषणापत्रमा बीपी समाजवाद नै हट्न पुग्यो। समाजलाई हेर्ने दृष्टिकोण या विकास मोडेल पनि आधुनिकताको नाममा बीपीको समाजवादबाट निकै पर पुगेको छ। जसरी नेपाली कांग्रेस विचारविमुख भयो, त्यसैगरी नेता तथा कार्यकर्ताहरू पनि सौखिन र तडकभडकवाला बन्दै गए। पार्टी सत्तामा पुगेपछि नेता तथा कार्यकर्ताहरू बिस्तारै सहर तथा सत्तामुखी हुँदै गए। पार्टी बीपीले भनेझैँ सुकिलामुकिलाको हातमा गयो। उनीहरूकै हालीमुहाली हुन पुग्यो।

Xtrem

Xtrem

बीपीले भनेजस्तै पार्टीमा सुकिलामुकिला र चिल्ला गाडी चढ्नेहरू पुगेपछि पार्टीका इमानदार कार्यकर्ता पाखा लाग्दै गए। इमानदार कार्यकर्ताले उनीहरूका विरुद्ध बोल्ने साहस गरेनन्। न त तिनका विरुद्ध आन्दोलन गर्न अघि सरे। पार्टीभन्दा पनि व्यक्ति बलियो हुँदै गयो। विधिभन्दा नेताको आदेशमा पार्टी चल्न थाल्यो र राजनीति विचार नमिल्ने अनि सैद्धान्तिक विचार फरक भएका पार्टीसँग गठबन्धन गरेर पार्टीलाई विचारहीन बनायो। सत्ताका लागि जोसँग पनि गठबन्धन गर्ने अनि जे पनि गर्ने कार्यले पार्टी थिलथिलो बनायो। नेपाली कांग्रेसका लागि लोकतन्त्र सत्तामा जाने सिँढी मात्र बन्यो। हुम्ला, जुम्ला, बझाङ वा तराईका गरिब बस्तीमा राहत वा प्रजातन्त्रको दियो बल्न सकेन। जनता झन्–झन् गरिब बने। बीपीको समाजवाद, निर्वाचन वा राजनीतिक बहसमामात्र सीमित रहन पुग्यो। यो कहिले पनि कार्यक्रममुखी हुन सकेन। जहिले पनि सहर केन्द्रित तथा मध्यम खालका मात्र कार्यक्रममा जोड दियो।

समयानुसार कांग्रेसले बीपीको प्रजातान्त्रिक समाजवादलाई अनुसरण गर्नुको अर्को विकल्प छैन। अब कांग्रेस सुनिने मात्र होइन, देखिने र महसुस गर्ने पार्टी बनाइनुपर्छ। सम्पन्न तथा सहरमा मात्र नभएर झुपडीमा पनि पुग्नुपर्छ। पार्टीलाई चलायमान गरी कार्यकर्ता वा नेताहरूलाई पनि काम तथा त्यागको आधारमा जिम्मेवारी दिएर नयाँ रूप दिनुपर्छ। र, इमानदार तथा पार्टीका सच्चा नेता तथा कार्यकर्ताले अब सुकिलामुकिलाका विरुद्धमा बोल्न थाल्नुपर्छ। पार्टी फेरि वैचारिक र सशक्त बनाउनको लागि पार्टीमा एकता कायम गरी अघि बढ्नुपर्ने अर्को विकल्प छैन।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लोकराज अवस्थी

लेखक अवस्थी समसामयिक विषयमा अध्ययन अनुसन्धान गर्छन्।

लेखकबाट थप
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्