• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा

64x64
नेपाल लाइभ बुधबार, भदौ १७, २०८३  ११:५५
1140x725

काठमाडौं– मुटु जस्तो संवेदनशील अंगको शल्यक्रियामा प्रयोग गरिने अत्यावश्यक औजार आपूर्तिमा गम्भीर बदमासी गरेको बायोमेड इन्टरनेशनललाई सरकारले कालोसूचीमा राखेको छ।

स्वास्थ्य सामग्री आपूर्तिको क्षेत्रमा पटक-पटक विवादमा मुछिँदै आएको यो कम्पनीले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग गरेको सम्झौता विपरित कम गुणस्तर र फरक 'स्पेसिफिकेसन'का सामग्री दिएपछि अस्पतालले सम्झौता रद्द गर्दै कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गरेको थियो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले गंगालालको पत्र र आवश्यक प्रक्रिया पूरा गर्दै बायोमेडलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले उमेश कुमार अग्रवाल नेतृत्वको बायोमेडलाई एक वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको छ। अग्रवाल बायोमेडका बायोमेडका प्रबन्ध निर्देशक हुन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता रामप्रसाद आचार्यका अनुसार बायोमेडलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) को खण्ड (ग) बमोजिम कालोसूचीमा राखिएको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) को खण्ड (ग) बमोजिमको व्यवस्थाले खरिद सम्झौता बमोजिम गर्नुपर्ने कार्य नगरेको वा चित्तबुझ्दो ढङ्गले काम नगरेको आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकलाई कालो सूचीमा राख्ने आधारलाई जनाउँछ।

काठमाडौं गैरीधारामा कार्यालय रहेको बायोमेडलाई सन् २०२६ अगष्ट २७ देखि सन् २०२७ को अगष्ट २६ सम्म कालोसूचीमा राख्ने निर्णय भएको सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइटमा उल्लेख छ। 

बायोमेडले अस्पतालसँगको सम्झौतामा उल्लेखित स्पेसिफिकेसन अनुसारका सामग्री नल्याएको, केही अत्यावश्यक सामग्री नै उपलब्ध नगराएको र केही सामग्री सम्झौता विपरित फरक र न्यून गुणस्तरको भिराउन खोजेको फेला परेपछि गंगालालले सार्वजनिक खरिद अनुगमन कार्यालयमा दुई पटक पत्र पठाउँदै कालो सूचीमा राख्न भनेको थियो।

मुटुको शल्यक्रियाका लागि आवश्यक 'फाइन इन्स्ट्रुमेन्ट एन्ड जेनेरल सर्जिकल इन्स्ट्रुमेन्ट' खरिद गर्न २०८१ साउन १८ गते सम्झौता गरेको बायोमेडले २०८१ चैत ५ गतेभित्र सामग्री बुझाउनुपर्ने म्याद भए पनि निर्धारित समयमा गुणस्तरीय सामान बुझाउनुको साटो बिरामीको ज्यानै जोखिममा पर्न सक्ने गरी खेलबाड गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अस्पताल प्रशासनका अनुसार बायोमेडलाई पटक-पटक मौखिक रूपमा र पुस ९ गते औपचारिक पत्रमार्फत नै स्पेसिफिकेसन अनुसारका सामग्री ल्याउन जानकारी गराइएको थियो। 

माघ २२ गते अस्पतालले पुनः अन्तिम पटक १५ दिनको समय दिँदै सम्झौता अनुसारका सामान उपलब्ध गराउन निर्देशन दिएको थियो, तर बायोमेडले उक्त निर्देशनको धज्जी उडाउँदै केही औजार नै नल्याउने र ल्याएका सामग्री पनि तोकिएको मापदण्डभन्दा फरक र कम गुणस्तरको ल्याएर बुझाउन खोजेपछि अस्पतालको प्राविधिक टोलीले ती सामग्रीहरूलाई अस्वीकृत गरिदिएको थियो।

करिब ५० लाख मूल्य बराबरको यो खरिद प्रक्रियामा बायोमेडले देखाएको गैरजिम्मेवारीले सार्वजनिक खरिद ऐन र नियमावलीको समेत ठाडो उल्लंघन गरेको ठहर गर्दै अस्पताल प्रशासनले कारबाही प्रक्रिया अगाडि बढाएको हो।

गंगालाल अस्पतालको २०८२ फागुन ८ गतेको निर्णय अनुसार बायोमेडसँगको सम्झौताको बुँदा नम्बर ९ बमोजिम सम्झौता पूर्ण रूपमा समाप्त र भङ्ग गरिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अस्पतालले बायोमेडले नबिल बैंक र नेपाल एसबिआई बैंकमा राखेको कार्यसम्पादन धरौटी (पर्फमेन्स बन्ड) समेत जफत गरी जरिवाना असुल गर्न सम्बन्धित बैंकहरूलाई फागुन १० गते नै पत्राचार गरिसकेको छ। आर्थिक प्रशासन प्रमुखको राय र अस्पतालको उच्च व्यवस्थापनको निर्णयका आधारमा गरिएको यो कारबाहीले बायोमेडले सम्झौता अनुरूपको दायित्व सारभूत रूपमा पालना नगरेको र बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने सामग्री आपूर्ति गर्न खोजेको पुष्टि गरेको अस्पतालका एक कर्मचारीले जानकारि दिए।

अस्पतालका तत्कालिन निर्देशक डा. रवि मल्लले बायोमेड इन्टरनेशनललाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पहिलोपटक फागुन ११ गते र पुनः ताकेता गर्दै चैत ११ गते पत्र पठाएका थिए।

पत्रमा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ बमोजिम बायोमेडलाई कालोसूचीमा राखी कडा कारबाही गर्न माग गरिएको छ। 

अस्पतालले स्पेसिफिकेसन भन्दा फरक आएका सामानहरू बायोमेडलाई नै फिर्ता लैजान भन्दै स्टोरमा दाखिला गर्न अस्वीकार गरेको छ भने धरौटी रकम अस्पतालको खातामा जम्मा गराउने प्रक्रिया अगाडि बढाएको छ। 

बायोमेडका अध्यक्ष उमेश अग्रवालले भने प्रचलित कानुन र सम्झौताको परिधिभित्र रहेर काम गरेको दाबी गरेका छन्। 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ११:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्