काठमाडौं– अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बुधबार जित हात पारेको छ । ४ खेलमा अन्नपूर्णको तेश्रो जित हो ।
एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले खप्तड फाल्कन्सलाई २५–१५, २५–१५ र २९–२७ को सोझो सेटमा पराजित गर्यो । अन्नपूर्णका एन्ख–एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित भए ।
पहिलो खेलमा कर्णाली शिवराजसंग ३–१ ले पराजित अन्नपूर्णले लगातार जित हासिल गर्दै आएको छ । अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० तथा मधेश वारियर्सलाई ३–१ ले हराएको थियो । खप्तडको भने ४ खेलमा यो लगातार हार हो ।
हारसँगै खप्त प्रतियोगिताबाट बाहिरिएको छ । खप्तड पहिलो खेलमा सगरमाथा स्म्यासर्स, दोश्रोमा कर्णाली र तेश्रोमा मधेशसंग समान ३–० को सोझो सेटमा चुकेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।