काठमाडौं– नेपाली सेनाले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धारमा सहयोग गर्न पूर्वउर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ ।
विदेशी विज्ञसहितको टोलीलाई पावर हाउसभित्र पुग्न आवश्यक प्राविधिक समन्वय र सुझाव दिन सेनाले घिसिङको साथ मागेको हो ।
घिसिङले यसअघि चिलिमे चलविद्युत आयोजनामा कार्यकारी निर्देशनको रूपमा काम गरिसकेका थिए । सोही आधारमा उनीसँग समन्वय गरेर सुरूङभित्र फसेकाहरूको उद्धारका लागि घिसिङ चिलिमे जलविद्युत आयोजनाको सवारी साधनमा त्यसतर्फ लागेको उनको सचिवालयले बुधवार जनाएको छ ।
यसअघि भदौ १४ गते पनि घिसिङले चिलिमे सुरुङसहित बाढी प्रभावित क्षेत्रको स्थलगत रेकी गरेका थिए ।
भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट रसुवा र नुवाकोटका ९ मध्ये सात वटामा उद्धारको काम भइरहेको छ ।
त्रिशूली बाढीमा परी हालसम्म १ हजार ३६७ को मृत्यु भएको छ भने चार हजार बढी बेपत्ता छन् ।
त्रिशूली बाढीमा परी हालसम्म १ हजार ३६७ को मृत्यु भएको छ भने चार हजार बढी बेपत्ता छन् ।
चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले ४ वटा ६/६ मिटर लम्बाइका ठुला पाइपहरूको प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारेको नेपाली सेनाले जनाएको छ । स्याफ्रुवेशीदेखि चिलिमे जलविद्युत आयोजनाको टनेलसम्म ठूला उपकरण लैजानको लागि सडकमा रहेका ठूला ढुङ्गालाई विस्फोट गरी हटाउने कार्य भएको र मुख्य चट्टानसम्म पुग्न ९५ मिटर मात्रै बाँकी रहेको नेपाली सेनाले जनाएको छ ।
मंगलबारसम्म चिलिमे क्षेत्रमा हेलिकप्टरबाट मात्रै आवतजावत सम्भव रहेकामा आजदेखि उद्धारस्थलसम्म अस्थायी सडक खुलाउने तयारी भइरहेको छ । उद्धार कार्यलाई रातिसमेत निरन्तरता दिने तयारी गरिएको छ ।
चिलिमे आयोजनाको सुरुङभित्र करिब २०० मिटर अगाडि रहेको पावर हाउससम्म पुग्ने प्रयास भइरहेको छ । मंगलबारसम्म उद्धार टोली सुरुङभित्र करिब ९० मिटर अघि बढिसकेको थियो ।
सुरुङभित्र अझै ६ जना रहेको आशंकामा उद्धार टोलीले खोजीलाई तीव्रता दिए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।