• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ७, २०८३ Mon, Nov 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई महासंघ अध्यक्ष श्रेष्ठको आह्वान

64x64
नेपाल लाइभ सोमबार, मंसिर ७, २०८३  १०:५२
1140x725

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा लगानी, संयुक्त उद्यम र व्यावसायिक सहकार्यका अवसर उपयोग गर्न भारतीय उद्योगी व्यवसायीलाई आह्वान गरेका छन् । 

उनले नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले नीतिगत तथा कानुनी सुधार अघि बढाएको उल्लेख गर्दै भारतीय निजी क्षेत्रको लगानी वृद्धि गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई) को संयुक्त आयोजनामा नयाँ दिल्लीमा भएको नेपाल–भारत आर्थिक तथा व्यावसायिक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले दुई देशबीचको सम्बन्धलाई व्यापार, लगानी र आर्थिक सहकार्यका माध्यमबाट नयाँ उचाइमा पु¥याउनुपर्ने बताए ।

उनका अनुसार भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको प्रमुख स्रोत हो । गत वर्ष नेपाल र भारतबीच करिब ९ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार भएको थियो । नेपालको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी भारततर्फ हुने गरेको र कुल वैदेशिक प्रत्यक्ष लगानीमा भारतीय लगानीको हिस्सा करिब एकतिहाइ रहेको उनले जानकारी दिए ।

यति घनिष्ठ आर्थिक सम्बन्ध हुँदाहुँदै पनि नेपालमा भारतीय निजी क्षेत्रको लगानी अपेक्षाअनुसार आउन नसकेको उनको भनाइ थियो । सरकारले विदेशी लगानीका लागि १०२ उद्योगमा स्वचालित स्वीकृतिको व्यवस्था र एकद्वार सेवा केन्द्र सञ्चालन गरेको उनले बताए । त्यस्तै, ५९ वटा ऐनका करिब ५०० दफामा संशोधन प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले लगानीको वातावरण थप सहज बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । सरकारले लगानीसम्बन्धी कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि पहल भइरहेको बताए । नेपालमा लगानी गरिरहेका भारतीय कम्पनीलाई समेत लगानी विस्तार गर्न उनले आग्रह गरे ।

भारतीय उद्योग राज्यमन्त्री जितिन प्रसादले नेपालको आर्थिक विकासमा भारत सकारात्मक रहेको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा भारतीय लगानीका अवसर रहेको बताए ।

अध्यक्ष श्रेष्ठले नेपाल–भारत आर्थिक साझेदारी विस्तारका लागि व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा, लगानी र प्रविधि गरी सात क्षेत्रमा सहकार्य आवश्यक रहेको बताए ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली उत्पादनको भारतीय बजारमा पहुँच विस्तार, दुवै देशका गुणस्तर प्रमाणीकरण निकायबीच पारस्परिक मान्यता र भारतीय बन्दरगाह तथा रेल सेवाको प्रभावकारी उपयोग गर्नुपर्ने उनको सुझाव थियो । भैरहवा, नेपालगञ्ज र दोधारा–चाँदनीलाई व्यापारिक तथा लजिस्टिक हबका रूपमा विकास गर्नुपर्नेमा पनि उनले जोड दिए ।

त्यस्तै, अयोध्या–जनकपुर रेल सेवा, सीमावर्ती जाँच चौकीसम्म रेल सम्पर्क, भैरहवा र पोखरामा थप हवाई उडान तथा डिजिटल भुक्तानी प्रणाली विस्तार गर्नुपर्ने उनले बताए । द्रुतमार्ग, विमानस्थल, औद्योगिक पार्क र सहरी पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो ।

नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै श्रेष्ठले आगामी १० वर्षमा भारतसँग १० हजार मेगावाट विद्युत् व्यापार गर्ने सहमति कार्यान्वयन गर्नुपर्ने बताए । पर्यटन, कृषि प्रशोधन, औषधि, सिमेन्ट र सूचना प्रविधिलाई भारतीय लगानीका सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गर्दै उनले संयुक्त लगानीमार्फत प्रविधि हस्तान्तरण र नेपाली जनशक्तिको क्षमता विकासमा सहकार्य गर्न आग्रह गरे ।

उनले नेपालबाट भारततर्फ हुने निर्यातमा देखिएका अवरोधसमेत उठाए । नेपाली जुट उत्पादनमा भारतले लगाउँदै आएको एन्टी डम्पिङ शुल्क र प्रस्तावित काउन्टरभेलिङ शुल्कले पूर्वी नेपालका किसान तथा श्रमिकको रोजगारीमा असर पार्ने उनको भनाइ थियो । त्यस्तै, नेपाली स्टिलमा भारतले सेफगार्ड ड्युटी लगाएपछि गत आर्थिक वर्षमा भारततर्फको स्टिल निर्यात ६० प्रतिशतभन्दा बढीले घटेको उनले जानकारी दिए ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भारतीय मानक ब्युरो (बीआईएस) को प्रमाणीकरण प्रक्रियामा सुधार भए पनि प्रमाणपत्र नवीकरणमा हुने ढिलाइ र कच्चा पदार्थको प्रमाणीकरणसम्बन्धी जटिलता कायम रहेको उनले बताए । यी समस्या समाधानका लागि एफएनसीसीआई र सीआईआईबीच व्यापार उपचार तथा गुणस्तर मापदण्डसम्बन्धी संयुक्त कार्यदल गठन गरी दुवै देशका सरकारलाई साझा सुझाव दिनुपर्ने प्रस्ताव पनि उनले राखे । नेपाल–भारत व्यापार विस्तारका लागि सुरक्षित तथा व्यवस्थित सीमा प्रणाली, कार्गो ट्र्याकिङ, सिलबन्दी र समयमै भन्सार जाँचपास सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।

निजी लगानी संरक्षण तथा प्रवद्र्धन रणनीतिले कम्तीमा पाँच वर्षसम्म नीतिगत स्थिरता र लगानीको कानुनी तथा भौतिक सुरक्षा सुनिश्चित गर्ने उनको भनाइ थियो । भारतले सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने र नेपालले आगामी पाँचदेखि सात वर्षभित्र १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखेको उल्लेख गर्दै श्रेष्ठले दुवै देशका आर्थिक लक्ष्य हासिल गर्न निजी क्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण हुने बताए ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई महासंघ अध्यक्ष श्रेष्ठको आह्वान
बाढी प्रभावित क्षेत्रका व्यवसाय पुनःस्थापनामा भारतीय उद्योग परिसंघले सघाउने
भारतसँगको विश्वासको दूरी घटाउन प्रधानमन्त्री बालेनलाई पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको सुझाव
सम्बन्धित सामग्री
नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई महासंघ अध्यक्ष श्रेष्ठको आह्वान उनले नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले नीतिगत तथा कानुनी सुधार अघि बढाएको उल्लेख गर्दै भारतीय निजी क्षेत्रको लगानी वृद्धि ग... सोमबार, मंसिर ७, २०८३
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा उपचाररत एक गर्भवती महिलाको मृत्यु भएपछि आफन्त तथा अन्य व्यक्तिहरूले अस्पतालको इमर्ज... सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज द्विपक्षीय वार्ता हुँदै भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमण कार्यतालिकाअनुसार सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्... सोमबार, मंसिर ७, २०८३
ताजा समाचारसबै
नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई महासंघ अध्यक्ष श्रेष्ठको आह्वान सोमबार, मंसिर ७, २०८३
बाढी प्रभावित क्षेत्रका व्यवसाय पुनःस्थापनामा भारतीय उद्योग परिसंघले सघाउने सोमबार, मंसिर ७, २०८३
भारतसँगको विश्वासको दूरी घटाउन प्रधानमन्त्री बालेनलाई पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको सुझाव सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमण ऐतिहासिक हुने अर्थमन्त्री वाग्लेको अपेक्षा सोमबार, मंसिर ७, २०८३
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
प्रधानमन्त्री बालेनसँगको भेटपछि भारतीय विदेशमन्त्रीले के भने ? आइतबार, मंसिर ६, २०८३
राति पाटनका टोलमा किन पुगे कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्री? आइतबार, मंसिर ६, २०८३
यूएईलाई हराउँदै नेपालले एसिया कपमा खोल्यो जितको खाता आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्