• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीयः

क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ

64x64
नेपाल लाइभ मंगलबार, भदौ २३, २०८३  २०:४६
1140x725
तस्बिर : एआईबाट सम्पादित

नेपालमा २००७, २०४६ र २०६२/०६३ का राजनीतिक परिवर्तनहरू लामो राजनीतिक त्याग, तपस्या, संघर्ष र बलिदानीको पृष्ठभूमिमा भएका थिए। राजनीतिक विचार र सिद्धान्त परिवर्तनका अभिन्न अंग थिए। ती परिवर्तनबाट जनअपेक्षा सम्पूर्ण रूपमा पूरा हुन नसक्दा नयाँ विद्रोह जन्मियो।

कुशासन र बेथितिविरुद्धको जनआक्रोश खुला समाजको अभिन्न अंग बनिसकेको सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तत्कालीन सत्ताको अविवेकी र अलोकतान्त्रिक निर्णयले झनै चुलिन पुगेको थियो। फलतः २०८२ भदौ २३ नेपाली राजनीतिमा एउटा असाधारण दिन बन्न पुग्यो, विगतभन्दा पृथक ढंगले राजनीतिक परिवर्तनको दिन बन्यो। माइतीघरमा भेला भएका नवयुवा प्रहरीको घेरा तोड्दै नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगे, भवन तोडफोड भयो, आगजनी भयो। राज्य दमनमा उत्रियो, एकै दिन १९ जना राज्य दमनबाट ज्यान गुमाउन बाध्य भए।

राजनीतिक पुस्तान्तरणको यो भेलले राज्य दमनको प्रतिक्रियास्वरूप भदौ २४ मा राज्यका महत्त्वपूर्ण संरचना—सिंहदरबारको कार्यपालिकादेखि नजिकैको न्यायालय र संसद् भवनसम्म—मा विध्वंस मच्चायो। शीतल निवाससम्म जलाइयो। राज्यका अर्बौंका संरचना ध्वस्त भए।

फलतः तत्कालीन शक्तिशाली सरकार विस्थापित भयो। कुशासन, बेथिति र खुला समाजलाई बन्द अभ्यासतिर लैजान सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सत्ता क्षणभरमै खरानी भयो। नेपालमा छोटो समयमै सत्ता पलट भएको यो पहिलो पटक थियो। त्यसले मुलुकलाई पुरानै शासकीय प्रणालीभित्र नयाँ राजनीतिक अभ्यासमा अग्रसर गरायो। जेन्जी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा यसबीचको राजनीतिक आरोह–अवरोह र अभ्यास अनि त्यसले दिएको प्रतिफलको विवेचना विभिन्न कोणबाट गर्न थालिएको छ, गर्नु पनि पर्छ।

हो, जेन्जी आन्दोलनले सैनिक जंगी अड्डाको संलग्नतामा तत्कालीन प्रतिनिधि सभा भंग गरायो, आमनिर्वाचन सम्पन्न गराउने ध्येयले अन्तरिम सरकार जन्मायो। सरकारले २०८२ फागुन २१ गते आमनिर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण ग¥यो। संसद्मा नयाँ अनुहारको बाहुल्यता भयो। पुराना राजनीतिक खेलाडी पाखा लागे, वालेन्द्र शाह ‘बालेन’ मुलुकको प्रधानमन्त्री बने। उनी जेन्जी विद्रोहकै प्रतीकका रूपमा सिंहदरबारको हटसिटमा पुगेकाले बालेनबाट विद्रोहको आकांक्षा पूरा हुनुपर्छ भन्ने आवाज जायजै मान्नुपर्छ।

यो एक वर्षमा सत्ताको स्वरूप बदलियो। पुराना राजनीतिक दलको आन्तरिक लोकतन्त्रको विषय निकै पेचिलो बन्यो। नेपाली कांग्रेसमा नयाँ पुस्ताको हस्तक्षेपबाट नेतृत्व पुस्तान्तरण भयो। अन्य पुराना दलमा पुरानै अनुहारको रजगज छ। भलै, चैनसँग पार्टी चलाउने अवस्थामा उनीहरू छैनन्। निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाइनजिक भारी जनमत प्राप्त ग¥यो। यही पार्टीले अहिले सत्तामा रजगज गरिरहेको छ।

अब सवाल नयाँ अनुहार सिंहदरबारमा पुग्नुलाई मात्र परिवर्तन मान्ने भन्ने होइन, तिनले जेन्जी विद्रोहको जग—बेथिति र कुशासन—लाई भत्काए कि भत्काएनन् अनि खुला समाजलाई खुलापनको अभ्यास गर्न दिइरहेका छन् कि छैनन् भन्ने हो।

यो कोणबाट हेर्दा निश्चय नै यो एक वर्ष केही आशा र केही निराशाबीच गुज्रिएको पाइन्छ। केही सकारात्मक प्रयास भएका छन्। भत्किएका र जलेका संरचना पुनर्निर्माण थालिएको छ। तर, जेन्जी शहीदका सपना पूरा हुन सकेका छैनन्। न त घाइतेले गुनासो गर्न छोडेका छन्। बरु सरकारको विरोध गरेकै अभियोगमा जेन्जी विद्रोहका घाइतेलाई पक्राउ गर्ने निरंकुश अभ्यास भएको छ। जनअपेक्षाअनुसार कार्य भयो भन्न सकिने अवस्था देखिँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

चुलो बाल्ने ग्यास नपाएर सर्वसाधारण तड्पिरहेका छन्, महँगी झनै चुलिएको छ, अवसरहरू खुम्चिएका छन्, बेरोजगारीको समस्यामा मल्हमपट्टी लगाउने कार्य हुन सकेको छैन। नागरिकका अधिकारहरू खुम्च्याउने अभ्यास चलिरहेको छ। शिक्षा र स्वास्थ्यमा बेथिति कायमै छ। सरकारी सेवामा जुन हदको सुधारको नारा घन्किएको थियो, आंशिकबाहेक त्यो वेगमा भएको देखिँदैन। निजी क्षेत्र विकासको साझेदार हो भन्ने कुरा बिर्सेर राज्य लगानीकर्ताको मनोबल गिराउन उद्यत देखिन्छ। विदेशी लगानीलाई निरुत्साहित गरेको खबर आएको छ।

स्वतन्त्र प्रेसमाथि नियन्त्रणको अभ्यास भएको गुनासो बाक्लिएको छ। स्वतन्त्र न्यायालयमा कार्यपालिकाको हस्तक्षेप भएको भन्ने बहस सुनिन्छ। विधि निर्माण गर्ने थलो अहिले कार्यपालिकासँग तर्सिने अवस्थामा पुगेको छ, अर्थात् संसद्को मर्यादा कमजोर बनाइएको छ। राष्ट्रसेवकहरू कार्यकारीसँग त्राहीमाम छन्। संवैधानिक अंगहरूले स्वतन्त्रतापूर्वक काम गर्न नपाएको सन्देश प्रधानमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहितलाई गरिएको व्यवहारले छर्लङ्ग पारेको छ। विदेशी राजदूतलाई प्रधानमन्त्री कार्यालयमा गरिएको व्यवहारले राज्य कूटनीतिक मामिलामा कच्चा खेल खेल्दैछ भन्ने सन्देह प्रवाह गरेको छ। जोसिलो सरकारको क्षमताले भोटेकोशी बाढीपीडितको पीडामा मल्हम लगाउन नसकेको समाचार प्रभावित क्षेत्रबाट प्रवाह भइरहेका छन्।

अझ डरलाग्दो पक्ष त जेन्जी आन्दोलनका अभियन्ताहरू नै वर्तमान सत्ता पुरानै सत्ताको कार्यशैली पछ्याउन अग्रसर छ, विद्रोहका सपना पूरा गर्न सकेन भन्ने बहसमा उत्रेका छन्। जेन्जी आन्दोलनका छानबिन प्रतिवेदन दराजमा थन्किएका छन्। भदौ २३ का दोषीले सजाय पाउने, भदौ २४ को विध्वंसमा संलग्नले सफाइ पाउने भयो भने दण्डहीनताले प्रश्रय पाएको सन्देश प्रवाह हुनेछ। तत्कालीन अन्तरिम सरकार र जेन–जी आन्दोलनका प्रतिनिधिबीच २४ मंसिर २०८२ मा भएको १० बुँदे सम्झौता कार्यान्वयनमा सरकार चुकेको छ।

यी सबै तथ्यले वर्तमान सत्ता बेथिति र कुशासन अन्त्य गर्न सक्षम भयो भन्न सकिने अवस्थामा देखिएन। नागरिकका संवैधानिक अधिकारहरू खुम्च्याउने, स्वतन्त्र प्रेस नियन्त्रण गर्ने, स्वतन्त्र न्यायालयमा कार्यकारीको छाया देखिने र संसद् सत्ताधारी दलको ल्याप्चे लगाउने थलो बनाउने जुन शैली छ, त्यसले खुला समाजलाई अझ खुला बनाउन दिएको भन्न मिल्ने देखिँदैन। जसरी जेन्जी आन्दोलनको जिम्मेवारी तत्कालीन प्रधानमन्त्रीले लिन चाहेनन्, त्यसैगरी सुनसरी आन्दोलनको जिम्मेवारी अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले लिएको देखिँदैन। यो पुरानो सत्ताकै अभ्यास हो भन्न किंचित् हिचकिचाउनुपर्ने अवस्था होइन।

Xtrem

Xtrem

नवयुवाको शक्तिमा सत्तामा पुगेकाहरूले यति बुझ्नुपर्दछ कि यो पुस्ता सूचनाको पहुँचमा अधिक अगाडि छ। संसारका लोकतान्त्रिक अभ्यास, विकास र नागरिक अधिकारको जानकारी राख्दछ। मुलुकमा फेरि पनि कुशासन, बेथिति र बन्द समाजमात्र होइन, बेरोजगारी, असमानता, राजनीतिक संरक्षणवाद, व्यक्तिवाद र सार्वजनिक संस्थाप्रतिको अविश्वासको चिरफार गर्न यो पुस्ता सक्षम छ। तसर्थ, वर्तमान सत्ताले यति बुझोस्—फेरि पुरानै शैलीमा रजगज गर्ने हो भने जसरी २०८२ भदौमा तत्कालीन सत्ता छोटो समयमै खरानी भएको थियो, त्यही अवस्था नदोहोरिएला भन्न सकिन्न।

जेनजी सहिद स्मृति दिवसको दिन यो चेत खुलोस्।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  २०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था?
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्