काठमाडौं– माइतीघर मण्डलामा मंगलबार साँझ एक युवतीले आत्मदाह प्रयास गरेकी छन् ।
गोरखा घर भएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले आत्मदाह प्रयास गरेकी थिइन् । उनलाई उद्धार गरी ट्रमा सेन्टर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रज्वलनशील पदार्थ खन्याएर शरीरमा आगो लगाएको देखेपछि उनलाई उद्धार गरिएको थियो । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।