• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!

64x64
धनु विश्वकर्मा सोमबार, फागुन १, २०७९  ०८:४५
1140x725

काठमाडौं- दिउँसोको तीन बज्नै आँटेको थियो। हामी मैतिदेवीस्थित उनको निवासमा पुग्दा आराम गरेर बसेका रहेछन्। 

लिलाप्रसाद लोहनी, १०० वर्ष। नेपालका अर्का शताब्दी पुरुष। उनको आवाजमा अहिले पनि उत्तिकै ओज छ। पुराना कुरा पत्र–पत्र उखेलेर भन्ने क्षमता राख्छन्। 

नेपाली, अंग्रेजी र हिन्दी, यि तीनै भाषामा उनको उत्तिकै दख्खल छ। पञ्चायतकालमा नेपालको औद्योगिक क्षेत्रलाई विकास गर्न उनले ठूलो योगदान दिए। बैंकिङ र राजनीतिक जीवनको विषयमा उनी घण्टौं कुरा गर्न सक्छन्। 

यसै साता उनको निवासको बैठक कक्षमा छिर्नै लाग्दा सोधिरहेका थिए ‘मैले के विषयमा बोल्नुपर्ने हो?’ 

हामीले भन्यौं– ‘पहिलो बजेट निर्माण गर्दा हिमालय शमशेर राणासँगका किस्सा सुन्न आएका हौं। त्यही बताइदिनुस् न!’ 
हामीले यति भन्न नपाउँदै उनले निरास भाव प्रकट गर्दै भने, ‘कति छन् कति? तर, अब हिमालयजी नै रहनु भएन।’ 

२२ माघ २०७९ गते नेपालको पहिलो गर्भनर हिमालय शमशेर राणाको निधन भयो। यो दुःखद् समाचार लिलाको घरमा आउने हरेक दिनको अखबारले जानकारी दिइरहेको थियो। ‘हामी त डाँडामाथिको घाम हौँ। उहाँ (हिमालय) पहिला जानुभयो’, भावुक हुँदै उनले भने।   

उनलाई थाहा छ– मृत्यु अन्तिम सत्य हो। हिमालयको व्यक्तिगत कुरा गर्दा उनले भने,‘आँखामा राख्दा नबिझाउने व्यक्ति हो। एकदमै सालीन स्वभाव।’ 

२००८ सालमा नेपालको पहिलो बजेट निर्माण गर्दा लिलाप्रसाद पनि एउटै टिममा थिए। नेपाल राष्ट्र बैंकमा गर्भनरको पदबाट मुक्त भएपछि हिमालय यूएनमा काम गर्न अमेरिकातर्फ लागे। यसपछि लक्ष्मीनाथ गौतम गर्भनर नियुक्त भए।  यतिबेला लिलाप्रसादलाई राजनीतिको चस्काले घुमाइरहेको थियो। २०१५ सालको निर्वाचनमा उनी रंगनाथ शर्माको नेपाल प्रजातान्त्रिक महासभाबाट लडेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

२०२० सालमा तत्कालीन राजा महेन्द्रले नेपाल राष्ट्र बैंकको डाइरेक्टरमा नियुक्त गरेपछि उनको जागिरे जीवन पुनः सुरु भएको थियो। राष्ट्र बैंकमा कार्यरत रहँदा अमेरिकामा बेला–बेलामा उनको भेट हिमालय शमशेरसँग भइरहन्थ्यो। 
प्रजातन्त्रको सुरुआती दिनमै सहयात्रा गरेका पुरानो मित्र गुमाउनु पर्दा मन अमिलो हुन्छ नै। उनलाई पनि हिमालयको निधनले दुःख लागेको छ। 

सात जना सचिवको समूहले निर्माण गरेको थियो पहिलो बजेट
२००७ सालमा १०४ वर्षीय जहानीयां राणा शासनको अन्त्य भएर प्रजातन्त्रको उदय भयो। राणा, राजा र नेपाली कांग्रेस मिलेर पहिलाे सरकार बनाए। २००८ सालमा मोहन शमशेर राणा प्रधानमन्त्रीबाट हटेपछि मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री नियुक्त गरियो। यतिबेला पनि सुवर्ण शमशेर राणा अर्थमन्त्री थिए। त्यही बेला नेपालको पहिलो बजेट प्रस्तुत भएको थियो। त्यो बेला १५ जनालाई सचिव नियुक्त गरिएको थियो। 

जसमध्ये ७ जनाले अर्थशास्त्र पढेका थिए। यिनै ७ जना युवाहरुको समूहले नेपालको पहिलो बजेट निर्माण गरेको थियो। जसमा हिमालय शमशेर राणा, लिलाप्रसाद लोहनी, लक्ष्मीनाथ गौतम, हिरण्यलाल श्रेष्ठ, कृष्णलाल श्रेष्ठ, पार्थिव शमशेर राणा र परीक्षित नरसिंह राणा थिए। 

२००७ सालको परिवर्तनपछि अर्थसम्बन्धी जानकार मानिसलाई अर्थ मन्त्रालयले पहिलो प्राथमिकता दिएको थियो। लिलाप्रसादले लखनउ विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेका थिए।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१ मंसिर २००८ सालमा नवगठित प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको मन्त्रीमण्डलले बजेट प्रस्तुत गर्ने निर्णय गर्‍यो। सोही अनुरुप २१ माघ २००८ सालमा अर्थमन्त्री सुवर्ण शमशेर राणाले नेपालकै पहिलो औपचारिक बजेट प्रस्तुत गरेका थिए।  

तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला सरकारले ल्याएको पहिलो बजेट ५ करोड २५ लाख २९ हजार रुपैयाँको थियो। पहिलो बजेट रेडियो नेपालबाट प्रसारण भएको थियो। उनलाई अहिले पनि सम्झना छ, ‘एकातिर मातृका, अर्कातिर सुवर्ण हुनुहुन्थ्यो।’ 

विराटनगरको आदर्श विद्यालयमा अध्ययन गरेको तथा पारिवारिक सम्बन्ध भएका कारण लिलाप्रसादको झुकाव बीपी र मातृकाप्रति धेरै थियो। हिमालय भने सुवर्णसँग नजिक। सिंहदरबारबाट बजेट भाषण गर्दा बजेटको विषयमा प्रधानमन्त्री मातृकालाई ब्रिफिङ गर्ने जिम्मा भने लिलाप्रसादले पाएका थिए। 

हिमालय शमशेर २६ अप्रिल, १९५६ देखि ७ फेब्रुअरी, १९६१ सम्म गभर्नर नियुक्त भए। पछि हिमालयन बैंक लिमिटेडको नाममा बैंक खोले। श्री ३ महाराज देव शमशेरको नाती भएका कारण हिमालयले जन्मिंदै कर्नेल उपाधि पाएका थिए। 

राजा त्रिभुवनको छोरीको बिहेका लागि पाँच लाख बोकेर कोलकाता 
राजा त्रिभुवन वीर विक्रम शाहको भित्रियापट्टिको छोरीको २००८ सालमा कोलकातामा बिहे तय हुँदा अर्थ मन्त्रालयबाट पैसा बोकेर जाने व्यक्ति नै लिलाप्रसाद लोहनी थिए।  

राजपरिवारसँग पनि चिनजान र मातृकाले पनि मन पराउने कारण लिलाप्रसाद बिहेको बन्दोबस्ती मिलाउन पाँच लाख रुपैयाँ बोकेर कोलकाता गएका थिए। उनलाई बिहेमा उपस्थित हुन सरकारले नयाँ लुगा सिलाउन अतिरिक्त पैसा पनि उपलब्ध गराएको थियो। 

बीपीको नजरमा लिला थिए पहिलो गर्भनर 
नेपाली कांग्रेसका नेता बीपी कोइराला लिलाप्रसाद लोहनीलाई नेपालको पहिलो गभर्नर बनाउन चाहन्थे। लिलाप्रसाद विराटनगरमा आदर्श स्कुलमा ४ कक्षामा अध्ययनरत रहँदा बीपीको श्रीमती सुशीलाको साथी थिए। दुवै एउटै कक्षामा। लिलाको क्षमताको विषयमा बीपी पहिलेदेखि नै जानकार थिए। बनारस विश्वविद्यालयमा आइएस्सीमा अध्ययनरत रहँदा पनि बीपीसँग उनको भेटघाट भइरहन्थ्यो। 

तर, सुवर्ण शमशेरको रोजाइमा हिमालय शमशेर परेका थिए। सुवर्ण त्यतिबेला अर्थमन्त्री पनि थिए। त्यसैले उनले बीपीलाई भनेछन्– मैले गभर्नरका लागि अरुलाई नै वचन दिइसकेको छु। यसपछि बीपी पछाडि हटे।  

पहिलो बजेट बनाउँदा उनको योगदानको विषयमा राजा महेन्द्र जानकार थिए। त्यसैले राजा महेन्द्रले २०२० सालमा राष्ट्र बैंकमा नियुक्ति दिएका थिए। 

काठमाडौंमा नेपाली कांग्रेसको पहिलो पार्टी कार्यालय नै लिलाको घर 
प्रजातन्त्रको उदयसँगै नेपाली कांग्रेसका नेताहरु काठमाडौं आउने क्रम बढ्दो थियो। बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई नेपाल फर्किए। बीपीले खिचापोखरीमा भएको लिलाप्रसादको घर पार्टीको कामको लागि दिन आग्रह गरे। यसपछि खिचापोखरीमा रहेको ‘मिरा होम्स’ मा नेपाली कांग्रेसको चारतारे झण्डा पहिलोपल्ट फहरियो। 

यही घरमा किसुनजी अर्थात् कृष्णप्रसाद भट्टराई बस्थे। नेपाली कांग्रेसका नेताहरूसँग बजेट कसरी बनाउने, जनतालाई कसरी राहत दिने भन्ने विषयमा उनको घण्टौं कुरा हुन्थ्यो। अर्थशास्त्रमा एमए गरेका कारण युवा पुस्ताले के सोच राख्छन् भनेर बीपी र सुवर्णले उनीसँग बढी सोधिखोजी गर्थे।  
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  ०८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्