एजेन्सी– इजरायलको राजधानी जेरुसेलममा अमेरिकन दुतावास स्थापनाको विरोधमा सीमा क्षेत्र गाजामा सोमबार भएको झडपमा कम्तीमा ४१ जना प्यालेस्टाइनका नागरिकको मृत्यु भएको छ। इजरायलका सैनिकको गोलि प्रहारबाट उनीहरुको मृत्यु भएको हो।
सोमबार अमेरिकन प्रधानमन्त्री डोनाल्ड ट्रम्पले दुतावासको उद्घाटन गर्दैछन्। त्यसको विरोधमा गाजामा एक सातादेखि आन्दोलन चकाईएको छ।
इजरायलको जेरुसेलम दुई देशबीचको विवादास्पद सहर हो। सन् १९९३ मा दुई देशबीच भएको शान्ति सम्झौतामा जेरुसेलमको ‘स्टाटस’बारे पछिका वार्ताहरुमा निर्णय गरिने उल्लेख थियो। सन् १९६७ को युद्धमा इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा जमाएको थियो।
जेरुसेलममाथि इजरायलको सार्वभौमिकताको अन्तराष्ट्रिय रुपमा मान्यता पाइसकेको छैन। गत वर्ष अमेरिकाले जेरुसेलममलाई इजरायलको राजधानी बनाउने निर्णयमा समर्थन गरेपछि विवाद भएको थियो। सोही सहरमा अमेरिकाले दुतावास स्थापना गरेपछि थप विवाद चर्किएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।