कीर्तिपुर–नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको खेलमा पोखरा एभेन्जर्सले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल साँझ ५ बजे सुरु हुनेछ । शनिबार वर्षाका कारण प्रभावित भएको मैदान आइतबार घमाइलो मौसमसँगै पूर्ण रूपमा सुकाइएको छ । त्यसैले निर्धारित समयमै खेल सुरु हुने निश्चित भएको छ ।
शनिबारको खेलमा चोभार एन्डतर्फको एउटा फ्लडलाइट समयमा नबलेको समस्या पनि समाधान गरिएको प्रतियोगिता संयोजक एवं क्यानका बोर्ड सदस्य धीरेन्द्र साउदले जानकारी दिएका छन् ।
जनकपुरले तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो ।
यता, पोखराको यो दोस्रो खेल हो । पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित पोखरा आज पहिलो जितको खोजीमा मैदान उत्रिएको छ । कप्तान कुशल भुर्तेलसहितका खेलाडीमाथि टोलीलाई जित दिलाउने चुनौती हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।