• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संस्थागत भ्रष्टाचार निमिट्यान्न पार्‍यौं

64x64
नेपाल लाइभ सोमबार, वैशाख ३१, २०७५  १२:१७
1140x725

करिब २० वर्षपछि सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट मेयर निर्वाचित हुँदै जिम्मेवारी सम्हाल्दा उप–महानगरपालिकाको अवस्था धेरै कमजोर र अस्तव्यस्त थियो। लामो समयसम्म स्थानीय तहको निर्वाचन नहुँदा कर्मचारीले नै जनप्रतिनिधिको भूमिका निर्वाह गरिरहेका थिए। जनप्रतिनिधिले गर्नुपर्ने काम कर्मचारीले गर्नसक्ने अवस्था पनि थिएन। जसका कारण उप–महानगरपालिकामा समस्या र चुनौती थुप्रिएर बसेका थिए।

मसहित निर्वाचित जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलहरु, विभिन्न संघसंस्थासँगको सहकार्यमा यो एक वर्षको अवधिमा हामीले धेरै उपलब्धिमूलक काम गरेका छौं। यसबाट म निकै उत्साहित छु।

मेयरको रुपमा यो मेरो दोस्रो कार्यकाल हो। स्थानीय तहका समस्या के हुन्, जनताले स्थानीय तहबाट के चाहेका छन्, हामीसँग उपलब्ध साधन, स्रोत र जनशक्ति कति र कस्तो छ भन्ने मलाई राम्रो ज्ञान छ। तत्काल गर्न सकिने अत्यावश्यक र जनताले राहत महसुस गर्ने काममा हामीले धेरै गरेका छौं।

यो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेको उपमहानगरपालिकामा संस्थागत भ्रष्टाचार पूर्णरुपमा नियन्त्रण भएको छ। कुनै पनि योजना सम्पन्न भएपछिको भुक्तानी तथा सामग्रीको खरिदपछि बिल भुक्तानी गर्दा कमिसनवापत निश्चित रकम लिने र बाँडीचुँडी खाने प्रवृत्तिलाई कडाइका साथ रोकिएको छ। 

नगरपालिकाको कामलाई थप प्रभावकारी बनाउन छुट्टै मोबाइल एप सञ्चालनमा ल्याउने अन्तिम तयारीमा छौं।

लामो समयदेखि अड्किएको ल्यान्डफिल साइटको समस्या हामीले सुल्झाएका छौं। जसबाट नगरको शहरी क्षेत्रको सरसफाइको अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको छ।

उप–महानगरपालिकाको शहरी क्षेत्रमा करिब ७० किलोमिटर लामो सडक कालोपत्र गर्ने र नाली निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ। सडक विस्तारका लागि स्थानीय बासिन्दाले स्वतस्फूर्त रुपमा आफ्ना घरहरु भत्काइरहेका छन्। यसले डुबान, धूलो र हिलोबाट केही हदसम्म भए पनि नगरवासीले राहत पाएका छन्।

सडक र नाला निर्माण भएपछि हामीले सडक तथा नाला मर्मत सम्भार युनिट नै सञ्चालनमा ल्याउनेछौं। बाटोमा खाल्डो पर्नासाथ तुरुन्तै मर्मत गर्ने व्यवस्था मिलाउँदै छौं।  

Ncell 2
Ncell 2

नेपालगन्ज निकै गर्मी हुने शहर हो। गर्मीबाट नगरवासीलाई राहत दिन नगरक्षेत्रमा हरियाली बढाउने हाम्रो योजना छ। नेपालगन्जको राझादेखि जमुनाहसम्मको सडकको करिब १२ किलोमिटर क्षेत्रमा यही वर्षाद्को बेला वृक्षरोपण गर्ने हाम्रो तयारी छ।

सरसफाइलाई व्यवस्थित गराउन थप २ वटा डोजर, एउटा एक्जाभेटर र २ वटा ट्याक्टर थपेका छौं। शहरलाई धूलोमुक्त बनाउन धूलो सफा गर्ने ब्रुमर मेसिन खरिद गर्ने तयारीमा छौं। नगर क्षेत्रमा तीन वटा पार्क निर्माण तथा जीर्णोद्धारको काम भइरहेका छन्। यसका साथै नगर क्षेत्रमा ६ सयभन्दा बढी साना–ठूला योजना सञ्चालन गरेका छौं। 

नगरका २३ वटै वडामा वडा कार्यालय सञ्चालन गरेपछि जनताले आफ्नै क्षेत्रबाट सहज रुपमा सेवा पाउन थालेका छन्। यसअघि वडा कार्यालयहरु नगरपालिकाको कार्यालयमै थिए। कार्यालयको काम प्रभावकारी बनाउन सबै कार्यालयलाई इन्टरनेटसहितको कम्युटर सुविधा पुर्‍याएका छौं। प्रत्येक वडा कार्यालयका लागि सचिवसहित आवश्यक कर्मचारी र सफाइकर्मीहरुको व्यवस्था मिलाएका छौं। 

कान्जी हाउस, बधशाला, गौशाला निर्माणको काम पनि भइरहेको छ। यस क्षेत्रकै प्रसिद्ध बागेश्वरी मन्दिर परिसरको जीर्णोद्धार र मर्मतको काम भइरहेको छ। नेपालगन्जमा ५० करोडभन्दा बढीको लागतमा भव्य सपिङ कम्प्लेक्स खोल्ने तयारी गरिरहेका छौं। त्यसको डिपिआर निर्माणको काम भइरहेको छ।

खेलकुदका गतिविधिलाई पनि तीव्रता दिएका छौं। मेयर कप कबड्डी, फुटबल, क्रिकेट, जुडो जस्ता प्रतियोगिता भइरहेका छन्।

यी लगायत अरु पनि काम गरिरहेका छौं। जनताका काम छिटो–छरितो ढंगबाट भइरहेकाले उनीहरुमा उपमहानगरले राम्रो काम गर्दै छ भन्ने विश्वास जागेको छ। 

पहिलेको स्थानीय निकायभन्दा अहिलेको स्थानीय तहले धेरै अधिकार, साधन स्रोत र जनशक्ति पाएको छ। सिंहदरबारको अधिकार विस्तारै स्थानीय तहमा आइरहेको छ। ऐन नियमहरु बनिरहेका छन्। हामीले नगरपालिकालाई आवश्यक पर्ने ऐन–नियमहरु बनाइसकेका छौं। केही दिनभित्रै ती ऐन नियमलाई कानुनी प्रक्रिया पूरा गरेर लागू गर्छौं।

हामीले हाम्रो कार्यकालभित्रै नेपालगन्जलाई महानगरपालिका बनाउने र नेपालगन्ज विमानस्थललाई स्तरोन्नति गरी छिमेकी भारतीय शहर दिल्ली, लखनउसम्म उडान सञ्चालन गर्ने लक्ष्यका साथ पहल गरिरहेका छौं।

हामीले नगरपालिकाको आय स्रोत वृद्धिका लागि पनि विभिन्न काम गरेका छौं। गत वर्षको १० महिनाको तुलनामा यो वर्ष १० महिनामा  नगरपालिकाको आम्दानी १ करोडभन्दा बढी वृद्धि गरेका छौं। नगरवासीले तिरेको करको सदुपयोग हुन्छ भन्ने विश्वास बढाउँदै करका दरहरुमा सुधार तथा परिमार्जन गरेर आम्दानी बढाउने योजनालाई अगाडि सारेका छौं।

आगामी ५ वर्षमा नेपालगन्ज चिल्ला कालोपत्रे सडक, सफा र हरियाली वातावरण, भ्रष्टाचारमुक्त, स्वास्थ्य र शिक्षाको उत्कृष्ट सुविधा भएको शहर बनाउने हाम्रो योजना छ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५  १२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
सम्बन्धित सामग्री
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन ‘जिल्ला अदालत नै उहाँलाई दोषी ठहर गरिसकेको रहेछ । ‘उक्त निर्णयको माइन्युटिङ भएको छैन। लामो छलफल गरेपछि निलम्बन गरेका हौं, काउन्सिलले... शुक्रबार, पुस २५, २०८२
एनआरएनए अमेरिकाले भन्यो– मन्त्री बब्लु गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन 'एनआरएनए अमेरिका को नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिहरू भइरहेको भन्ने विश्वसनीय जानकारी प्... शुक्रबार, पुस २५, २०८२
सुरक्षण मुद्रण केन्द्रमा २ महिनामा करिब ९ हजार मात्र लाइसेन्स छपाइ विभागको ‘मास प्रिन्टर’ जेन जी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु गरिएको हो । सञ्चार तथा सूचना प्र... शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
एमाले बोलायो केन्द्रीय कमिटी बैठक शुक्रबार, पुस २५, २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्