• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संस्थागत भ्रष्टाचार निमिट्यान्न पार्‍यौं

64x64
नेपाल लाइभ सोमबार, वैशाख ३१, २०७५  १२:१७
1140x725

करिब २० वर्षपछि सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट मेयर निर्वाचित हुँदै जिम्मेवारी सम्हाल्दा उप–महानगरपालिकाको अवस्था धेरै कमजोर र अस्तव्यस्त थियो। लामो समयसम्म स्थानीय तहको निर्वाचन नहुँदा कर्मचारीले नै जनप्रतिनिधिको भूमिका निर्वाह गरिरहेका थिए। जनप्रतिनिधिले गर्नुपर्ने काम कर्मचारीले गर्नसक्ने अवस्था पनि थिएन। जसका कारण उप–महानगरपालिकामा समस्या र चुनौती थुप्रिएर बसेका थिए।

मसहित निर्वाचित जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलहरु, विभिन्न संघसंस्थासँगको सहकार्यमा यो एक वर्षको अवधिमा हामीले धेरै उपलब्धिमूलक काम गरेका छौं। यसबाट म निकै उत्साहित छु।

मेयरको रुपमा यो मेरो दोस्रो कार्यकाल हो। स्थानीय तहका समस्या के हुन्, जनताले स्थानीय तहबाट के चाहेका छन्, हामीसँग उपलब्ध साधन, स्रोत र जनशक्ति कति र कस्तो छ भन्ने मलाई राम्रो ज्ञान छ। तत्काल गर्न सकिने अत्यावश्यक र जनताले राहत महसुस गर्ने काममा हामीले धेरै गरेका छौं।

यो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेको उपमहानगरपालिकामा संस्थागत भ्रष्टाचार पूर्णरुपमा नियन्त्रण भएको छ। कुनै पनि योजना सम्पन्न भएपछिको भुक्तानी तथा सामग्रीको खरिदपछि बिल भुक्तानी गर्दा कमिसनवापत निश्चित रकम लिने र बाँडीचुँडी खाने प्रवृत्तिलाई कडाइका साथ रोकिएको छ। 

नगरपालिकाको कामलाई थप प्रभावकारी बनाउन छुट्टै मोबाइल एप सञ्चालनमा ल्याउने अन्तिम तयारीमा छौं।

लामो समयदेखि अड्किएको ल्यान्डफिल साइटको समस्या हामीले सुल्झाएका छौं। जसबाट नगरको शहरी क्षेत्रको सरसफाइको अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको छ।

उप–महानगरपालिकाको शहरी क्षेत्रमा करिब ७० किलोमिटर लामो सडक कालोपत्र गर्ने र नाली निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ। सडक विस्तारका लागि स्थानीय बासिन्दाले स्वतस्फूर्त रुपमा आफ्ना घरहरु भत्काइरहेका छन्। यसले डुबान, धूलो र हिलोबाट केही हदसम्म भए पनि नगरवासीले राहत पाएका छन्।

सडक र नाला निर्माण भएपछि हामीले सडक तथा नाला मर्मत सम्भार युनिट नै सञ्चालनमा ल्याउनेछौं। बाटोमा खाल्डो पर्नासाथ तुरुन्तै मर्मत गर्ने व्यवस्था मिलाउँदै छौं।  

Ncell 2
Ncell 2
nimb
nimb

नेपालगन्ज निकै गर्मी हुने शहर हो। गर्मीबाट नगरवासीलाई राहत दिन नगरक्षेत्रमा हरियाली बढाउने हाम्रो योजना छ। नेपालगन्जको राझादेखि जमुनाहसम्मको सडकको करिब १२ किलोमिटर क्षेत्रमा यही वर्षाद्को बेला वृक्षरोपण गर्ने हाम्रो तयारी छ।

सरसफाइलाई व्यवस्थित गराउन थप २ वटा डोजर, एउटा एक्जाभेटर र २ वटा ट्याक्टर थपेका छौं। शहरलाई धूलोमुक्त बनाउन धूलो सफा गर्ने ब्रुमर मेसिन खरिद गर्ने तयारीमा छौं। नगर क्षेत्रमा तीन वटा पार्क निर्माण तथा जीर्णोद्धारको काम भइरहेका छन्। यसका साथै नगर क्षेत्रमा ६ सयभन्दा बढी साना–ठूला योजना सञ्चालन गरेका छौं। 

नगरका २३ वटै वडामा वडा कार्यालय सञ्चालन गरेपछि जनताले आफ्नै क्षेत्रबाट सहज रुपमा सेवा पाउन थालेका छन्। यसअघि वडा कार्यालयहरु नगरपालिकाको कार्यालयमै थिए। कार्यालयको काम प्रभावकारी बनाउन सबै कार्यालयलाई इन्टरनेटसहितको कम्युटर सुविधा पुर्‍याएका छौं। प्रत्येक वडा कार्यालयका लागि सचिवसहित आवश्यक कर्मचारी र सफाइकर्मीहरुको व्यवस्था मिलाएका छौं। 

कान्जी हाउस, बधशाला, गौशाला निर्माणको काम पनि भइरहेको छ। यस क्षेत्रकै प्रसिद्ध बागेश्वरी मन्दिर परिसरको जीर्णोद्धार र मर्मतको काम भइरहेको छ। नेपालगन्जमा ५० करोडभन्दा बढीको लागतमा भव्य सपिङ कम्प्लेक्स खोल्ने तयारी गरिरहेका छौं। त्यसको डिपिआर निर्माणको काम भइरहेको छ।

Xtrem

Xtrem

खेलकुदका गतिविधिलाई पनि तीव्रता दिएका छौं। मेयर कप कबड्डी, फुटबल, क्रिकेट, जुडो जस्ता प्रतियोगिता भइरहेका छन्।

यी लगायत अरु पनि काम गरिरहेका छौं। जनताका काम छिटो–छरितो ढंगबाट भइरहेकाले उनीहरुमा उपमहानगरले राम्रो काम गर्दै छ भन्ने विश्वास जागेको छ। 

पहिलेको स्थानीय निकायभन्दा अहिलेको स्थानीय तहले धेरै अधिकार, साधन स्रोत र जनशक्ति पाएको छ। सिंहदरबारको अधिकार विस्तारै स्थानीय तहमा आइरहेको छ। ऐन नियमहरु बनिरहेका छन्। हामीले नगरपालिकालाई आवश्यक पर्ने ऐन–नियमहरु बनाइसकेका छौं। केही दिनभित्रै ती ऐन नियमलाई कानुनी प्रक्रिया पूरा गरेर लागू गर्छौं।

हामीले हाम्रो कार्यकालभित्रै नेपालगन्जलाई महानगरपालिका बनाउने र नेपालगन्ज विमानस्थललाई स्तरोन्नति गरी छिमेकी भारतीय शहर दिल्ली, लखनउसम्म उडान सञ्चालन गर्ने लक्ष्यका साथ पहल गरिरहेका छौं।

हामीले नगरपालिकाको आय स्रोत वृद्धिका लागि पनि विभिन्न काम गरेका छौं। गत वर्षको १० महिनाको तुलनामा यो वर्ष १० महिनामा  नगरपालिकाको आम्दानी १ करोडभन्दा बढी वृद्धि गरेका छौं। नगरवासीले तिरेको करको सदुपयोग हुन्छ भन्ने विश्वास बढाउँदै करका दरहरुमा सुधार तथा परिमार्जन गरेर आम्दानी बढाउने योजनालाई अगाडि सारेका छौं।

आगामी ५ वर्षमा नेपालगन्ज चिल्ला कालोपत्रे सडक, सफा र हरियाली वातावरण, भ्रष्टाचारमुक्त, स्वास्थ्य र शिक्षाको उत्कृष्ट सुविधा भएको शहर बनाउने हाम्रो योजना छ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५  १२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस्
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी
सम्बन्धित सामग्री
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस् बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा भएको छलफलमा १७ सांसद सहभागी थिए। छलफलमा बाढी–पहिरोको अवस्थादेखि औ... बुधबार, असोज १४, २०८३
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी बुधबार, असोज १४, २०८३
सात उपसचिव बढुवाका लागि सिफारिस (सूची) लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको बढुवा समितिको सचिवालयले प्रदेश प्रशासन-सामान्य प्रशासन स... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस् बुधबार, असोज १४, २०८३
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित बुधबार, असोज १४, २०८३
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी बुधबार, असोज १४, २०८३
सात उपसचिव बढुवाका लागि सिफारिस (सूची) बुधबार, असोज १४, २०८३
रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा, एजेन्डा खुलाइएन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्