नयाँदिल्ली–भारतीय कंग्रेसका नेता शशी थरुरविरुद्ध श्रीमतीको मृत्यु प्रकरणमा प्रतिवादी बनाइएको छ। दिल्ली प्रहरीले सोमबार उनलाई प्रतिवादी बनाउँदै मुद्दा प्रक्रिया अघि बढाएको हो। ४ वर्षअघि
थरुरकी श्रीमती सुनंदा पुष्करको दिल्लीको एक होटलमा रहस्यमय मृत्यु भएको थियो। प्रारम्भिक अनुसन्धानलाई त्यसलाई आत्महत्या बताइएको थियो।
अनुसन्धानको क्रममा थरुरको यातनाका कारण उनले आत्महत्या गरेको भन्दै कंग्रेसका सांसद रहेका थरुरविरुद्ध मुद्दा दायर भएको हो। मुद्दा दायर भएपनि थरुरले बिना प्रमाण र हचुवाका भरमा मुद्दा दायर गरिएको आरोप लगाएका छन्।
थरुर र पुस्करले सन् २०१० मा बिहे गरेका थिए। पुष्कर दुबईमा व्यवसाय गर्दथिन्।
उनको मृत्युको अगाडि थरुरको एक पाकिस्तानी पत्रकारसँगको प्रेमसम्बन्ध चर्चामा आएको थियो।
पुष्करको मृत्यु ४ वर्षदेखि विवादको विषय बन्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।