काठमाडौं– आज स्वदेश फर्कन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा–अर्चना गरेका छन्।
प्रधानमन्त्री मोदी करिब साढे ११ बजेको समयमा मन्दिरभित्र प्रवेश गर्दै आधा घन्टाभन्दा बढी समय पूजाअर्चना गरेका थिए।
पशुपतिनाथ मन्दिरमा मोदीलाई पर्यटनमन्त्री रविन्द्र अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रदिव ढकाललगायत पदाधिकारीले स्वागत गरेका थिए।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।