मोगादिसु– सोमालियामा शान्ति प्रक्रियालाई सघाउनका लागि रेडियो स्टेशनहरू स्थापना गरिने भएको छ।
सोमालिया सरकार र अफ्रिका युनियन मिसन (एमिसन)ले संयुक्त रुपमा तीन क्षेत्रीय राज्यहरुमा सामुदायिक रेडियोहरूको स्टेशन स्थापना गर्ने भएका हुन्।
आगामी जुन महिनामा स्टेशनहरू स्थापना गर्ने तयारी भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्। सोमालियामा रहेको संयुक्त राष्ट्रसंघको सहयोग कार्यालयले रेडियोहरू स्थापनाका लागि सहयोग गर्ने भएको छ।
सरकारी अधिकारीहरूले बिहीबार बेलुका दिएको जानकारी अनुसार हिर्साबेल्ले, जुब्बाल्यान्ड र दक्षिण पश्चिममा रेडियो स्टेशनहरू स्थापना गर्न लागिएको हो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।