नयाँदिल्ली– बिद्युत् बोर्डले वास्तविकता भन्दा धेरैको बिजुलीको बिल पठाएपछि भारतमा एक व्यक्तिले आत्महत्या गरेका छन्। महाराष्ट्रका तरकारी व्यवसायी ३६ वर्षिय जगन्नाथ शेल्कीले बुधबार आत्महत्या गरेका हुन्।
वास्तविक बिल २८ सय भारु भएकोमा बिलिङ गर्ने प्राधिकरणका कर्मचारीले १३ हजार रुपैयाँ लेखिदिएका थिए। ६११७.८ यूनिट हुनुपर्नेेमा झुक्किएर ६११७८ यूनिट लेख्दा बिल धेरै उठेको थियो। बिल सच्याउन उनले कर्मचारीसँग आग्रह गर्दा पनि कर्मचारीले चासो नदिएपछि उनले आत्महत्या गरेको उनका परिवारले बिबिसीसँग बताएका छन्।
आफ्नो बुबा ठुलो आर्थिक संकटमा रहेको बिद्युत्को बिल समेत बास्तविक भन्दा धेरै आएपछि त्यही तनावमा परि आत्महत्या गरेको शेल्की छोरी आश्विानीले बताएकी छिन्। बिद्युत् बोर्डले दोषी कर्मचारीमाथि कारबाही गरिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।