काठमाडौं- जनकपुरबाट नेपालको तेस्रो भ्रमण सुरु गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज अपराह्न काठमाडौं आइपुगेका छन्। दिउँसो साढे १ बजे आउने तयारी भए पनि जनकपुरको कार्यक्रम लम्बिँदा हुँदा उनी डेढ घन्टा ढिलो मात्रै काठमाडौं आइपुगेका हुन्।

एयर इन्डियाको विमानमार्फत उत्रिएका मोदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गरे। त्यसपछि मोदी सोझै हायात होटल गएका छन्। आजै उनलाई टुँडिखेलमा 'गार्ड अफ अनर' दिइने कार्यक्रम छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।