बेइजिङ– यूरोपेली संघ (इयू)ले चिनियाँ उत्पादनको अनुसन्धानमा पक्षपातपूर्ण व्यवहार देखाएको भन्दै चीनको वाणिज्य मन्त्रालयले इयूसँग बिहीबार ‘तीब्र असन्तुष्टी’ प्रकट गरेको छ।
चीनमा उत्पादित टायरको मूल्यमा संरक्षणवादी कर धारणाको प्रयोग गरी अनुसन्धान अघि बढाएर इयूले चीनमाथि पक्षपातपूर्ण व्यवहार देखाएको चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता गेओ फेङले आरोप लगाए।
‘चीनले आफ्ना व्यापारिक गतिविधिमाथि निष्पक्ष व्यवहार देखाउन आग्रह गर्दछ’, गेओले भने। युरोपेली आयोगले चीनमा उत्पादन भइ यूरोपमा निर्यात हुने सामानमाथि यही मे ८ गतेदेखि आगामी ६ महिनाका लागि कायम रहने गरी चिनियाँ टायरमा लगाइएको कर संरक्षणवादी धारणाबाट आएको भन्दै चीनले यसबारे असन्तुष्टि जनाएको हो।
गेओले भने,‘मन्त्रालयले इयूको कदमले चीनको व्यापारलाई प्रभावित मात्र तुल्याउने नभइ इयूको टायर उद्योगको दीर्घकालीन विकासका साथै यूरोपेली उपभोक्ताको चाहानालाई अवमुल्यनसमेत गर्नेछ।’
चीनले उक्त मुद्दाको बारेमा हुने प्रगतिसम्बन्धमा सुक्ष्म तथा निकटरूपमा पछ्याउने र चिनियाँ उद्योगीहरूको वैध चासोको पक्षमा वकालत गर्ने उनले प्रष्ट पारे। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।