वासिङ्टन- अमेरिका र उत्तर कोरियाली नेताहरूबीच हुने भनिएको लामो समयदेखि प्रतीक्षा गरिएको शिखर सम्मेलन आगामी जून १२ मा हुने भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेताबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारे विश्वसमुदायबाट व्यक्त चासोका विषयमा हुने वार्ता सिङ्गापुरमा जून १२ मा हुनेगरी तय भएको अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटर पेजमा बिहीबार जनाएका छन्। यद्यपि यस विषयमा थप कुरा भने सन्देशमा उल्लेख गरिएको छैन।
यसअघि वार्ताको विषयमा जापानी प्रधानमन्त्री सिन्जो आबे, चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनबीच छलफल भएको जापानी विदेश मन्त्रालयले जनाएको थियो। एसियाली नेताहरूको छलफललाई जापानी प्रधानमन्त्री आवेले अमेरिकी राष्ट्रपतिलाई जानकारी गराएका थिए। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।