नयाँदिल्ली– भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महशुस गरिएको छ।
भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कास्मीरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्प गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
भूकम्पपछि स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर खुल्ला ठाँउमा भेला भएका थिए। तर कुनै ठूलो क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको अधिकारीहरूले बताएका छन्।
त्यसैगरी पाकिस्तानमा ६ दशमलब ४ म्याग्नीच्युडको भूकम्प मापन गरिएको छ। राजधानी इस्लामाबाददेखि अफगानिस्तानसँगको सीमा क्षेत्रसहित देशका विभिन्न ठाँउमा भूकम्पको धक्का महशुस गरिएको जनाइएको छ।
भूकम्पका कारण राष्ट्रियसभाको बैठक पछाडि सारिएको थियो। पाकिस्तानमा पनि भूकम्पबाट कुनै मानवीय क्षति भएको विवरण भने नआएको अधिकारीहरूले बताएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।