सिओल– दक्षिण कोरियामा थुनामा रहेकी पूर्व राष्ट्रपति उपचारको क्रममा अस्पताल भर्ना भएकी छिन्।
सिओलस्थित एक अस्पतालमा पूर्व राष्ट्रपति पार्क गेउन हाई भर्ना भएकी अस्पतालका प्रवक्ताले बुधबार जानकारी दिएका छन्।
पूर्व राष्ट्रपति पार्कलाई भष्ट्राचारको मुद्दामा गत महिना २४ वर्षको जेल सजाय सुनाइएको थियो।
कारागारका अधिकारीहरूको साथमा पार्क नागरिक अस्पताल सेट म्यारी पुगेकी थिइन्। अस्पताल प्रवक्ताले भने विस्तृत विवरण दिन अस्वीकार गरेका थिए। तर योन्हाप समाचार समितिका अनुसार पार्क आफ्नो पूरानो शारीरिक समस्या ढाड दुखाइको कारण अस्पताल भर्ना भएकी हुन्।
उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन। पार्कले संवेदनशील थुप्रै कागजपत्र चुहाएर कानूनको उल्लंघन गरेको र राज्यको स्रोत तथा शक्तिको दुरूपयोग गरेको अदालतले ठहर गरेको थियो।
आफ्ना निकट साथी चाई सून सिलसँग भ्रष्टाचार काण्डमा मुछिएपछि पार्कविरुद्ध संसदले महाअभियोग लगाएको थियो। आफूलाई लगाइएको आरोपको पार्क र चाई दुवैले अस्वीकार गर्दै आएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।