• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ १२, २०८२ Mon, May 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
द्वन्द्वकालमा मारिएका पत्रकारका परिवारको प्रश्न– हत्यारालाई किन कारबाही भएन? [भिडियो]
64x64
नेपाल लाइभ बुधबार, वैशाख २६, २०७५  १०:३३
1140x725

कुमार चौलागाई/रासस
काठमाडौं-
रोल्पाका बसन्त रोक्कामगर अहिले २० वर्षका भए। आफू दूधेबालक हुँदा बेपत्ता पारिएका बाबुको अवस्थाका बारेमा अहिले कसैले खोजेर सहयोग गरिदियोस् भन्दै उनी याचना गरिरहेका छन्। 

'मेरो बाबालाई अपहरण गरी बेपत्ता पारियो, पछि उहाँलाई मारियो भन्ने छ,' रोल्पा सदरमुकाम लिवाङमा भेटिएका उनले भने, 'उहाँको अवस्थाबारे कसैले खोजिदियोस्, खोजेर सहयोग गरोस् भन्ने आशा गरेको छु।' 

रोल्पाका धनबहादुर रोकाया मगर रेडियो नेपालको क्षेत्रीय प्रसारण सुर्खेत केन्द्रमा खाममगर भाषाको समाचार वाचन गर्थे। आफ्नो गृहजिल्लाको सदरमुकाम लिवाङमा रहेको परिवार भेटेर सुर्खेत फर्कंदा उनी २०५९ साउन १९ गते प्यूठानको जलुकेबाट तत्कालीन माओवादीको अपहरणमा परे। अपहरण गरेको ६ महिनापछि २०५९ माघ १६ गते माओवादीले उनको हत्या गरेको खबर आयो, तर अहिलेसम्म उनको न त शव नै फेला परेको छ, न त मारिएको स्थान नै। 

धनबहादुरालाई बेपत्ता पारिएको अहिले १६ वर्ष भइसक्यो। १६ वर्षअघिको घटना सम्झँदै धनबहादुरकी आमा कृष्टी रोक्कामगर गहभरि आँसु पार्दै भन्छिन्, 'आज नजाऊ बाबु, भोलि जाऊला भन्दाभन्दै जबर्जस्ती गइगए। खै त्यस्तो भइगयो, खै उसको आफिसमा जानेबेलामा बाटैमा समातेर लगेर गए, कति महिना हिँडाल्यो, ६/७ महिनामा मार्यो रे।' 

धनबहादुर रोक्काकी श्रीमतीले पनि श्रीमान् मरेको भए पनि कहाँ लगेर मारिए, कसरी मारिए, शव गाडियो वा जलाइयो भन्ने जान्ने इच्छा भएको बताइन्। 

आफ्नी आमा र बहिनीका साथ कैलालीको गोदावरी नगरपालिका मालिका टोल बस्दै आएकी पत्रकार जेपी जोशीकी छोरी अहिले १३ वर्षकी भइन्। बाबु मारिँदा उनी पनि दूधेबालिका नै थिइन्। अहिले उनी १३ वर्षकी भइसकिन्, स्कुल जाँदा अहिले उनलाई साथीहरूले आफ्नो बाबाले यस्तो गरे, उस्तो गरेभन्दा आफ्नो पनि बाबा भइदिएको भए यस्तै गर्नुहुन्थ्यो होला भनेर बाबुको याद धेरै आउने गरेको बताउँछिन्। 

'साथीहरुले फादर्स डेमा बाबालाई गिफ्ट दिन्छन्, हाम्रो पनि बाबा भैदिएको भए…' उनी भन्छिन्, 'स्कुलमा सबैका गार्जियन आउँछन्, स्कुलमा प्रोग्राम हुन्छ, हाम्रो पनि बाबा भइदिएको भए  भनेर सोच्छु।' 

Ncell 2
Ncell 2

जोशी जनादेश साप्ताहिक र जनदिशा दैनिकसँग सम्बद्ध थिए। उनलाई २०६५ असोज २२ गते बेपत्ता पारियो। २०६५ मंसिर १३ गते उनको भनिएको कंकाल र परिचयपत्र जंगलमा फेला परेको थियो। जोशी तल्कालीन क्रान्तिकारी पत्रकार संघ, कैलालीका अध्यक्षसमेत थिए। 

घटनालगत्तै जोशी पत्नी वसन्ती जोशीले छिमेकी लोकेन्द्र रावत र उनका भाइ करन रावतविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरू पक्राउ परेका थिए। तर पछि उनीहरूलाई जिल्ला अदालत, कैलालीले प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो। 

माथिका दुई घटना प्रतिनिधि घटना मात्रै हुन्। माओवादी सशस्त्र द्वन्द्वकालमा घटेका यस्तै घटनाको संख्या दर्जनभन्दा बढी भए। तिनैमध्येका केही घटनालाई समेटेर फ्रिडम फोरमले ती घटनाको वर्तमान अवस्था के छ भनेर अनुसन्धानमूलक वृत्तचित्र बनाएको छ। 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त वृत्तचित्रमा द्वन्द्वकालमा मारिएकामध्ये ११ वटा घटनाको विस्तृत अध्ययन गरिएको छ। आगामी दिनमा अन्य घटनाबारे पनि अध्ययन गरी सरकारलाई खबरदारी गरिरहने फ्रिडम फोरमले जनाएको छ। 

वृत्तचित्रमा सञ्चारकर्मी, रोल्पाका मगर, कैलालीका जोशीसहित कैलालीकै प्रकाश ठकुरी, कालीकोटका नवराज शर्मा, काठमाडौँका कृष्णसेन इच्छुक, दैलेखका डेकेन्द्र थापा, धनुषाकी उमा सिंह र महोत्तरीका गणेश चौधरीको बारेमा विस्तृत अध्ययन गरिएको छ। 

नेपालमा पत्रकार मात्रै होइन सञ्चार उद्यमी पनि मारिएका छन्। वृत्तचित्रमा च्यानल नेपाल र स्पेसटाइम नेटवर्कका अध्यक्ष जमिम शाहको हत्या, जनकपुरबाट प्रकाशित जनकपुर टुडे सञ्चार समूहका अध्यक्ष अरुण सिंघानिया र रेडियो तुलसीपुरका अध्यक्ष देवीप्रसाद धितालको हत्याको विषयमा पनि विस्तृत अध्ययन गरिएको छ। 

२०५२ फागुन १ गते सशस्त्र द्वन्द्व सुरु भएदेखि २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएसम्ममा नेपालमा विद्रोही र राज्यपक्षबाट गरी १४ जना पत्रकार मारिए। केही पत्रकार बेपत्ता पारिए। त्यसयता पनि पत्रकार मारिने र बेपत्ता बनाउने क्रम रोकिएको छैन। 

फ्रिडम फोरमद्वारा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार समाचार लेखेका र विचार व्यक्त गरेका आधारमा बितेका दुई दशकयता मात्रै नेपालमा २३ जना नेपाली पत्रकार मारिए। तीनजना पत्रकार अझै बेपत्ता छन्। 

सशस्त्र द्वन्द्व र त्यस पछाडिको संक्रमणको समयमा सताइएका/बेपत्ता पारिएका र मारिएका पत्रकारका परिवारले कानुनी उपचार पाउनुपर्ने बताउँछन्, फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल। राज्यले ती घटनाका बारेमा छानबिन, अनुसन्धान, दोषीलाई कानुनी कारबाहीमा ल्याउने र दण्डहीनताको अन्त्य पहल नगरेकाले नेपालमा दण्डहीनता बढ्दै गएको उनको भनाइ छ।

वरिष्ठ सञ्चारकर्मी कनकमणि दीक्षित पनि नेपालमा द्वन्द्वकालमा घटेका यिनै घटनाका कारण अझै पनि जोखिमपूर्ण रिर्पोटिङ गर्ने प्रवृत्ति बढ्न नसकेको बताउँछन्।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०७५  १०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ
सेयर धितो कर्जाको जोखिम भार घट्यो
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय
सम्बन्धित सामग्री
१५ औं राष्ट्रपति रनिङ सिल्ड जेठ अन्तिममा राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको निर्णयअनुसार प्रतियोगिताको तयारी सुरु भएको राखेपले जनाएको छ। आइतबार, जेठ ११, २०८२
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव पेश गरेक... आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर... आइतबार, जेठ ११, २०८२
ताजा समाचारसबै
बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ आइतबार, जेठ ११, २०८२
सेयर धितो कर्जाको जोखिम भार घट्यो आइतबार, जेठ ११, २०८२
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय आइतबार, जेठ ११, २०८२
१५ औं राष्ट्रपति रनिङ सिल्ड जेठ अन्तिममा आइतबार, जेठ ११, २०८२
युवा संघकाे अध्यक्षका लागि क्षितिज थेबेद्बारा मनोनयन दर्ता आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रास्वपाले स्वीकृत गर्‍यो सुमनाको राजीनामा आइतबार, जेठ ११, २०८२
हवलदार सहित नेपाल प्रहरीका २१ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन आउन आग्रह आइतबार, जेठ ११, २०८२
महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्