काबुल– अफगानिस्तानको राजधानी काबुलमा रहेको एक सुरक्षा अखाडा नजिकै विद्रोहीले बमबारी सुरु गरेपछि अहिले दोहोरो भिडन्त भइरहेको छ।
काबुलको पश्चिमी क्षेत्रमा रहेको एक अफगान प्रहरीको कार्यालय नजिकै सुरुमा बम विस्फोट गराइएको र त्यसपछि दुवै पक्षबीच गोलाबारी सुरु भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
घटनाको काबुल प्रहरीका प्रवक्ता हसमत स्टानिकजाईले पुष्टि गरेका छन्। उनले राजधानीका अन्य स्थानमा पनि बम विस्फोट भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए।
‘विस्फोटमा परि हालसम्म कुनै पनि क्षतिको खबर हामीकँहा आइपुगेको छैन’, प्रवक्ता स्टानिकजाईले भने। तर अन्यसरकारी अधिकारीहरुले भने विस्फोटमा परि केहि व्यक्तिको मृत्यु भएको जानकारी दिए।
पछिल्लो केहि महिनायता काबुलमा आतंकवादी आक्रमणको संख्या बढिरहेको छ। यस्ता आक्रमण अधिकतम रुपमा इस्लामिक स्टेट(आइएस) तथा तालीवानी लडाक समूहले गर्ने गरेको बताइन्छ।
एक साताअघि १० जना पत्रकारसहित २५ जनाको ज्यान जानेगरि काबुलको पश्चिमी क्षेत्रमा आइएसले २ वटा आत्मघाती बम हमला गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।