मस्को– रूसको संसदले पूर्व–प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालका लागि भारी मत दिएर मङ्गलबार पुनः निर्वाचित गरेको छ।
राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी नेतृत्वमा लामो समयदेखि साथ दिँदै आएका मेदभेदेभलाई रूसी संसद डुमाले भारी मतसाथ निर्वाचित गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
संसदमा मेदभेदेभको पक्षमा ३ सय ७४ मत परेको थियो भने विपक्षमा मात्रै ५६ मत परेको क्रेमलिनले जनाएको छ।
शक्तिशाली रूसी राष्ट्रपति पुटिनको समेत उपस्थिति रहेको संसदमा प्रधानमन्त्रीका लागि मतदान हुनुपूर्व आफूलाई मतदान गर्न सांसदसँग अनुरोध गर्दै मेदभेदेभले भने,‘म देश विकासको लागि जुनकुनै काम गर्न अग्रसर रहनेछु। पुनः एकपटक मलाई प्रधानमन्त्री निर्वाचित गर्नुहोस्।’
मेदभेदेभले सन् २००८ देखि २०१२ सम्म रूसको राष्ट्रपतिका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।