हवाना– अमेरिकी उपराष्ट्रपति माइक पेन्सको हालै अमेरिकी मुलुकहरूको क्षेत्रीय संगठन (ओएस)को शिखर सम्मेलनमा सम्बोधनमा दिएको अभिव्यक्तिलाई लिएर क्युवाले सोमबार आपत्ति जनाएको छ।
सम्बोधनका क्रममा पेन्सले क्युवा, भेनेजुयला र निकारागुवाका सरकारका गतिविधिलाई आलोचना गर्दै ‘निरङ्कुशताको कालो बादल’ भित्र त्यहाँका नागरिकले असहज परिस्थितिको सामना गर्नुपरेको भन्दै यसलाई उपनिवेशवादको निरन्तरता बताएका थिए।
क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत क्युवाली विदेश मन्त्रालयका अमेरिकी मामिला निर्देशक कार्लोस फनान्डेज डे क्यासियोले भने,‘अमेरिकाले अमेरिकी मुलुुकहरूमा शासन गर्ने पूरानो शैली लागु गर्ने बहाना खोजिरहेको छ। उक्त नीतिका कारण दशकौँसम्म अमेरिकी महाद्वीपको विकास र स्वतन्त्रताका लागि अवरोध आएको थियो।’
डे क्यासियाले अमेरिकी उपराष्ट्रपति पेन्सको अभिव्यक्तिलाई १९औँ शताब्दीमा उक्त महाद्वीपमा वासिङ्टनको राजनीतिक एवम् आर्थिक उद्देश्य प्राप्तिका लागि अनुशरण गरेको मुन्रोको सिद्धान्तको समरूपी रणनीतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पले पुनः जीवित गरेको बताए। यसलाई ल्याटिन अमेरिकामा वासिङटनको प्रभाव जमाउने खेलका रूपमा आफूहरूले लिएको डे क्यासियाको दावी रहेको छ।
‘ल्याटिन अमेरिका परिवर्तन भएको छ भन्ने कुरालाई महशुुस नगरेको भन्दै उनले यो अमेरिकाबाट अलग रहेको र अब यहाँ अमेरिकी नीति असफल हुनेछ,’ निर्देशक डे क्यासियाले दावी गरे।
वासिङ्टनको आक्रमकताका बाबजुद पनि क्युवाले आफूलाई स्वतन्त्र, सार्वभौम, 8वादी, प्रजातान्त्रिक, सम्वृद्ध र स्थायीत्वका लागि काम गरिराख्ने डे क्यासियोले प्रष्ट पारे।
ओएस सह–अपराधीता तथा भयानक अपराधहरूलाई संरक्षण गर्ने अन्तर्महादेशीय संगठन भएकोसमेत उनको डे क्यासियोको दावी छ।
क्युवाले ओएसबाट सन् १९६२ देखि अमेरिकाको चाहनामा अलग हुनुपरेको थियो।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको शासनकालमा क्युवा र अमेरिकाबीचको सम्बन्धमा सुधारका केही सकारात्मक सङ्केत देखिएको भएपनि वर्तमान राष्ट्रपति ट्रम्पको आगमनसँगै सम्बन्धमा समस्या देखिएको छ।
सोमबारको सम्बोधनमा उपराष्ट्रपति पेन्सले ओइस सदस्य राष्ट्रहरूलाई क्युवा, भेनेजुयला र निकारागुवाविरुद्ध क्षेत्रीय दबाबको अभ्यास गर्न आग्रह गरेका थिए।
पेन्सले ओएस सदस्य मुलुकलाई भेनेजुयलामाथि प्रतिबन्ध लगाउनसमेत आग्रह गरेका थिए। कराकसले यस पहिले नै बहुपक्षीय संगठनबाट हट्ने घोषणा गरिसकेको छ।
अमेरिकी उपराष्ट्रपतिले भेनेजुयलाका राष्ट्रपति निकोलास मडुरोसँग यही मे २० मा हुनेगरी तय भएको राष्ट्रपतीय निर्वाचनमाथि निश्पक्षताको प्रश्न उठाउँदै मतदान स्थगितसमेत गर्न माग गरेका थिए।
उनले निकारागुवामा सरकार विरोधी आन्दोलनको हवाला दिँदै नारिकमाथि चरम दमन गरेको आरोप पनि सम्बोधनका क्रममा पेन्सले लगाएको बताइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।