काठमाडौं– गरिमा विकास बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।
समझदारी पत्रमा गरिमा विकास बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापश्चात् गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण ५७ वटा शाखा कार्यालयबाट रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बिमा सम्बन्धी सेवा प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ।
बैंकले आफ्ना ग्राहकहरुलाई प्रवाह गर्ने सेवामा विविधिकरण गर्दै जाने सिलसिलामा बैंकान्स्योरेन्स कार्य पनि एक महत्वपूर्ण कार्य रहेको विकास बैंकका प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।