काठमाडौं– दिपाज् क्रिएसनको नयाँ शाखा टंगालमा विस्तार गरिएको छ। विगत ८ वर्षदेखि सञ्चालनमा रहेको क्रियसनले यसअघि नयाँबानेश्वर, थापागाँउबाट सेवा प्रदान गर्दै आएको थियो।
टंगालको नयाँ शाखा वैशाख २२ गते पूर्व मिस नेपाल मल्भिका सुब्बाले विधिवत रुपमा उद्घाटन गरेकी थिइन्।
बुटिकमा महिला, पुरुष तथा बालबालिकाहरुको लागि विशेष गरेर पार्टी वेयरका डे्रसहरु ग्राहकको रोजाई अनुसार डिजाइन गरिने बुटिककी डिजाइनर दिपा गौतम थापाले बताइन्।
गुणस्तरिय फेब्रिकलाई पहिलो प्राथामिकता दिँदै ग्राहकको बजेट अनुसार डे«सहरु तयार गरिने तथा फरक मौसम, अवसर, उमेर सबैलाई ध्यान दिएर ड्रेसको डिजाइन गरिने उनले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।