स्टकहोम– नोबेल साहित्य पुरस्कार प्रदान गर्ने स्विडेनी एकेडेमीले आफ्ना ४ जना सदस्यलाई बिदा बस्न अनुमति दिएको छ।
परम्परागत रुपमा स्थायी सदस्यमा नियुक्त भएका ४ जना सदस्यलाई यौनिक हिंसा प्रकरणमा मुछिएपछि पुरस्कार समितिको सदस्यका रूपमा बिदामा रहन सोमबार एकेडेमीले अनुमति दिएको हो।
नोबेल समितिले यस वर्षको साहित्यतर्फको पुरस्कार कसैलाई पनि नदिने निर्णय गरेको समाचार केही दिन अगाडि सार्वजनिक भएको थियो।
स्विडेनको दैनिक पत्रिका डागेन्स निहेटरले गत नोभेम्बरदेखि एकेडेमीका प्रभावशाली व्यक्तिहरूले विभिन्न १८ महिलालाई बलात्कार गरेको, यौन दुव्र्यवहार गरेको समाचारलाई अभियानकै रुपमा पछ्याउँदै लगेको थियो। त्यही समाचारको प्रभावका कारण अहिले उनीहरूलाई बिदा बस्न दिइएको होे।
‘लोट्टा लोटस, क्लास ओस्टेग्रेन र सारा स्ट्रीगवर्गलाई तत्काल स्विडेन एकेडेमीबाट बिदा बस्न अनुमति दिइएको छ।,’ एकेडेमीद्वारा प्रकाशित वक्तव्यमा भनिएको छ। लोटस सन् २०१५ देखि निश्क्रिय थिए।
त्यसैगरी चौथो सदस्य केस्टिन इक्मानलाई पनि बिदा बस्न अनुमति दिइएको छ। उनी सन् १९८९ देखि निश्क्रिय थिए भने उनलाई बेलायती लेखक सलमान रुसदीकाविरुद्धमा दुव्र्यवहार गरेको आरोप लागेको थियो। तर उनले त्यो आरोपको खण्डन गर्दै आएका छन्। घटना भएको झण्डै २७ वर्षपछि मात्रै एकेडेमीले यस बारेमा चासो दिएको छ।
प्राविधिक रुपमा एकेडेमीका सदस्यहरु आजीवन सदस्यका रुपमा नियुक्त हुन्छन्, तर उनीहरूले चाहेको बेलामा मात्रै उनीहरूले पद त्याग गर्नसक्ने व्यवस्था रहेको छ।
एकेडेमीमा अहिले तत्काल १० जना सक्रिय सदस्यको कमी भएको छ भने १२ जना नयाँ सदस्य निर्वाचित गर्नुपर्ने भएको छ। एकेडेमीले सन् २०१९ मा २ वटै पुरस्कारको घोषणा गर्न सक्नेछ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।