इस्लामावाद- पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको छ। पाखुरामा गोली लागेका उनको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनी खतरामुक्त छन्।
प्रहरीले आक्रमणकारीलाई समातिसकेको र अनुसन्धान अगाडि बढेको इकबालका सहयोगी असिम खानले बताए। मन्त्री इकबाल कारबाट ओर्लनासाथ एक युवकले गोली प्रहार गरेका थिए।
घटनाको प्रधानमन्त्री शहीद खकान अब्बासीले निन्दा गर्दै घाइते मन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।