अफगानिस्तान- अफगानिस्तानको उत्तरी राज्य बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा आइतबार सशस्त्र समूहका केही अज्ञात व्यक्तिले अपहरण गरेका ६ जना भारतीय इन्जिनियर भएको अफगानी अधिकारीले बताएका छन्।
एक अज्ञात बन्दूकधारी समूहले गाडीमा तालिवान विद्रोही नियन्त्रित क्षेत्र पुल–ए–खुमरीको बाहिरी क्षेत्रमा हिँडिरहेको अवस्थामा उनीहरूलाई अपहरण गरेको प्रहरीले बताएको छ। प्रहरीले उनीहरूलाई सुरक्षाकर्मीको सहयोग लिन आग्रह गर्दै आएको भए पनि अपहरणमा परेका प्राविधिकहरूले उक्त अनुरोधलाई नमानेको प्रहरी प्रवक्ता जावी सुजाले एएफपीलाई बताएका छन्।
विद्युत कम्पनीको उप–केन्द्रमा काम गर्न खाजा अलान क्षेत्रमा खटिएका विदेशी प्राविधिकको समूहलाई बिहानै आएका सशस्त्र समूहले काम गर्न जाने क्रममा अपहरण गरेको यसअघि प्रहरीले बताएको थियो।
अपहरणमा तालिवान कमान्डर मुल्लाह शाहेनको हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।