कम्बोडिया- कम्बोडियाको क्राती प्रान्तमा प्रदूषित पानीका कारण पाँच जनाको मृत्यु भएको छ। प्रदूषित पानीकै कारण अरु १८ जना बिरामी भएर उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी अधिकारीले शनिबार जनाएका छन्।
'शुक्रबारसम्म दुई जना पुरुष र तीन महिलाको मृत्यु भएको छ, अरु १८ जना पनि बिरामी छन्,' क्राती प्रान्तका प्रहरी उपप्रमुख ओम फिले भने। ग्रामीण क्षेत्रमा पिउने पानी नहरबाट ल्याउने गरेको र त्यो पानी प्रदूषित रहेको उनको भनाइ छ।
प्रदूषित पानी पिउनेलाई छाती दुख्ने, बान्ता आउने, पेट र आँखा दुख्ने लगायतका लक्षण देखिने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।