काठमाडौं- तिलगंगा आँखा अस्पताल र पशुपति क्षेत्र परिसरभित्र बनाइएका अव्यवस्थित टहराहरु भत्काइएको छ।
आज काठमाडौं महानगरपालिका, चक्रपथ सफाइ तथा बागमती सफाइ अभियन्ताहरुको सहभागितामा अवैध तरिकाले निर्माण गरिएका टहरा हटाइएको हो। सो क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र तथा बागमती सफाइ अभियन्ताहरुको सहभागिता थियो।

सो टोलीले पशुपति क्षेत्रभित्र बनाइएका पाँच वटा टहरा र तिलगंगा अस्पताले अव्यस्थित तरिकाले बनाएको अस्थायी कम्पाउन्ड पनि भत्काएको छ।

यसैबीच, आज बागमती सरसफाइ महाअभियान २६० हप्ता पुगेको छ। सो अवसरमा बागमतीका विभिन्न स्थानमा सफाइ गरिएको छ भने चक्रपथ सफाइको ५६ हप्ता पूरा भएको छ। 'चक्रपथ सरसफाइ अभियान अन्तर्गत नै अव्यवस्थित संरचना हटाइएको हो,' अभियानका संयोजक एलबी टन्डनले भने, 'अन्य अभियन्ता र महानगरबाट हामीले साथ र सहयोग पाएका छौं।'




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।