वासिङटन– अमेरिकामा गत अप्रिल महिनामा विगत १७ वर्ष यताकै सवैभन्दा कम बेरोजगारी दर देखिएको छ।
सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै १ लाख ६४ हजारको संख्यामा रोजगारी थपिएको छ।
यो महिना ३ दशमलब ९ प्रतिशतको दरले बेरोजगारी घटेको मजदूर विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। यो दर सन् २००० को डिसेम्बर महिनापछिको सबैभन्दा थोरै हो।
बेरोजगारी दर घट्नुको मुख्य श्रेय राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसलाई नै जाने बताइएको छ।
अर्थविद्हरूले मार्चमा र अप्रिलमा योभन्दा बढी अर्थात् १ लाख ९० हजार नयाँ रोजगारी सिर्जना हुने पुर्वानुमान गरेपनि रोजगारीका अवसर अपेक्षित नरहँदा सोचेभन्दा रोजगार दरमा कमी देखिएको हो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।