बेइजिङ– विश्वकै ठूलो मानिने चिनियाँ कम्युनिष्ट पार्टीले कार्ल मार्क्सको २००औँ जन्मजयन्तीको अवसरमा चिनियाँ राष्ट्रपति सी जिन पिङले शुक्रबार चीनले मार्क्सवादलाई अनुसरण गरिरहने बताएका छन्।
‘चीनले मार्क्सवादको झण्डालाई उच्च बनाइरहने र मार्क्सवादका अनुयायीका लागि आफ्नो दल सधैँ अभिभावक बनी मार्क्सवादी दर्शनको सधैँ अभ्यास गरिरहने छ।,’ सीले बेइजिङको ‘ग्रेट हल अफ द पिपुल्स’मा औपचारिक सम्बोधनका क्रममा उक्त कुरा बताएका हुन्।
दशकौँको बजार केन्द्रित विकासका वाबजुद पनि मार्क्सवादको अहिलेपनि चीनमा प्रभावकारी अभ्यास भइरहेको र यसले चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा स्थापित गरेको छ।
चीनका विद्यार्थीले मार्क्स र लेनिनको सिद्धान्तलाई माध्यमिक तहमा अध्ययन गरिरहेको, कर्मचारी तथा राज्य सञ्चालित सञ्चारमाध्यमका पत्रकारहरूले समेत अध्ययन गर्ने गरेको सीले बताए।
कर्मचारी तथा राज्यसञ्चालित सञ्चारमाध्यमका पत्रकारको बढुवाका लागि मार्क्सवाद अध्ययन कानूनी रूपमा अनिवार्य रहेको उनको भनाइ थियो।
जर्मनीमा भएको सामाजिक क्रान्तिका दार्शनिकको सिद्धान्त जर्मनी लगायत विश्वका धेरै मुलुकमा निर्विवादित बन्न नसके पनि विश्वभर उनको दर्शनलाई अहिले पनि ठूलो जनसङ्ख्याले अनुशरण गर्ने गरेको पाइन्छ।
चीन सोभियत संघको विघटनपछि विशिष्ट प्रकारको 8वादी व्यवस्था भएको भिन्न मुलुक रहेको र राज्यद्वारा लगानी भएका कम्पनीको उत्पादनको चिनियाँ बजारमा एकाधिकार रहेको छ।
चीन विश्वका ३ सय ७० जनाभन्दा बढी विश्वकै अति धनाड्य व्यक्ति भएको अमेरिकापछि दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।