• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पहाडको चुचुरोमा साइकल मार्ग : एकै नजरमा हिमालदेखि तालतलैयासम्म

64x64
नेपाल लाइभ शनिबार, वैशाख २२, २०७५  ००:३१
1140x725

पोखरा– प्रदुषण, दुुर्गन्ध र कोलाहल। पोखराको परिचय अचेल यस्तो बन्दै गइएको छ। शान्त, सफा र सुन्दर सहरको परिचय धुमिल बन्दै गएको छ। सहरी क्षेत्रकै सडकमा वातावरणमैत्री सवारी साधन साइकल चलाउन मिल्ने लेनहरु बनाउनुपर्ने माग उठिरहेका बेला सराङकोटदेखि नौडाँडासम्मको १४ किलोमिटर दूरीमा साइकल मार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। 

नयाँ पर्यटकीय पैदलमार्ग निर्माण तथा संरक्षण समितिले महानगरपालिका, तत्कालीन जिल्ला विकास समिति, पर्यटन बोर्ड लगायतको सहयोगमा साइकल कुदाउन मिल्ने बाटो निर्माण गरिरहेको छ। समितिका अध्यक्ष विष्णुहरि सुवेदीका अनुसार १४ किलोमिटरमध्ये अधिकांश भाग निर्माण भइसकेको छ। उनले भने, ‘केही ठाउँका गौंडा, गल्छेंडामा डोजर लगाएर सम्याएपछि पूरै काम सकिन्छ।’ साइकलपथ निर्माणका लागि जिल्ला विकास समितिले २० लाख रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए।

फेवाताललाई फन्को मारेर ७४ किलोमिटर पैदलमार्ग निर्माण हुँदै छ। त्यही पैदलमार्गको १४ किलोमिटरमा साइकल मार्ग बनाइएको हो। त्यसैभित्र ३ किलोमिटर अपांगमैत्री पैदलमार्ग बन्दैछ। अपांगमैत्री पैदलमार्ग बनाउन पर्यटन बोर्डले १८ लाख रुपैयाँ दिएको सुवेदीले जनाए। अपांगमैत्री बाटोमा ढुंगाको छपनी बिछ्याउने काम भइरहेको उनले जनाए। 

‘राम्रो खालको छपनी लगाउने रहर थियो तर बजेट छैन,’ सुवेदीले गुनासो गरे। अपांगमैत्री बाटोमा दायाँबायाँ बार पनि लगाइनेछ। ‘विश्रामस्थल र अपांगमैत्री शौचालय पनि बन्दै छन्,’ उनले भने, ‘दायाँबायाँ बार लगाएपछि दृष्टिविहीनलाई पनि सजिलो हुनेछ।’ 

साइकल मार्ग निर्माण पूरा गर्न सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) र पर्यटन बोर्डमार्फत यसै साता अमेरिकाको ‘वन सेवा’का विज्ञ ब्रायन मुर्डाेक आएका थिए। उनले ४ दिन स्थानीय र साइकल सिटी पोखराका सदस्यलाई तालिम दिए। तालिमकै सिलसिलामा स्थानीय र साइकल सिटीमा आबद्धहरुले साइकल मार्ग निर्माणमा श्रमदान गरेका थिए। 

साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यका अनुसार सराङकोटबाट नौडाँडासम्म तयार भएको साइकलमार्ग जिल्लाकै पहिलो साइकलमार्ग हो। ‘यो मार्गलाई कतै पनि मोटरबाटोले छुँदैन,’ बज्राचार्यले भने, ‘त्यसैले अति उपयुक्त छ ।’ उनले तालतलैया र हिमाल हेर्दै वन, जंगलको बाटोमा साइकल चलाउन पाइने हुँदा स्थानीय र विदेशी पर्यटक आकर्षित हुने विश्वास व्यक्त गरे।

फेवाताललाई फन्को मार्ने गरी निर्माण हुन लागेको ७४ किलोमिटरको पैदलमार्ग अन्तर्गत साइकलमार्ग बन्नु सुखद् भएको बज्राचार्यले बताए। पैदल मार्ग निर्माण तथा संरक्षण समितिका अध्यक्ष सुवेदीका अनुसार लेकसाइडको जरेबरबाट सुरु हुने पैदल मार्ग सराङकोट, कास्कीकोट, ढिकुरपोखरी, भदौरेतामागी, पञ्चासे, विश्वस्तूप हुँदै ड्यामसाइडमा टुंगिनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

पैदलमार्गको प्राविधिक अध्ययन तत्कालीन जिल्ला विकास समितिबाट भएको सुवेदीले जानकारी दिए। समितिका सदस्य मधु सुवेदीका अनुसार पैदलमार्ग निर्माणमा ८ करोड रुपैयाँ लागतको अनुमान गरिएको छ। ७४ किलोमिटर लामो पैदल मार्ग निर्माणको २५ प्रतिशत काम पूरा भएको छ।  

पैदल यात्रीको सुविधाका लागि ठाउँ–ठाउँमा शौचालय तथा विश्रामगृह निर्माण गरिने उनले जानकारी दिए। ‘साइनबोर्ड र विश्रामगृह पनि निर्माण गर्न लागेका छौं,’ उनले थपे। पैदलयात्राका लागि यात्रीले ४ दिन ३ रातको समय छुट्याउनुपर्ने उनले जनाए। 

पैदलमार्ग यात्राका क्रममा गाउँ पस्ने र यहाँको बारे बाहिर पनि खबर पुग्ने भएकाले सहयोग गर्दै आएको अन्नपूर्ण गाउँपालिका १ का वडा सदस्य इन्द्रप्रसाद सुवेदीले बताए। ‘यस्ता कार्यले अधिकतम पर्यटक भिœयाउन सहयोग मिल्छ,’ उनले भने, ‘त्यही भएर तन, मन र वचनले लागिपरेका छौं।’ डाँडाकाँडा मात्र नभएर गाउँबाट पनि मार्ग लैजान सके गाउँको अझै विकास हुने स्थानीय बताउँछन्। 

‘फेवा फन्को’ पैदलमार्गलाई पर्यटन नक्सामा राख्न बोर्डसँग सहकार्य भइरहेको समितिले जनाएको छ। १९ जना सदस्य रहेको मूल समितिअन्तर्गत ठाउँ–ठाउँमा उपसमिति गठन गरिएको छ। 
‘हिमाल, ताल र पुरातात्विक सम्पदाको दृश्यावलोकन गर्दै साइक्लिङ गर्न पाइनेछ,’ अध्यक्ष सुवेदीले भने, ‘माछापुच्छ्रेदेखि फेवातालसम्म सबै देखिन्छ यो ट्रेलबाट।’ ३ वर्षअघिबाट नै साइकल मार्ग निर्माण सुरु भएको उनले जनाए। 

Xtrem

Xtrem

आफ्नै गाउँठाउँमा साइकल र पर्यटकीय पैदलमार्ग बन्न लागेपछि स्थानीय पनि खुसी छन्। गाउँको चिनारी दिनुका साथै पर्यटन व्यवसायबाट आर्थिक आम्दानी हुने भएपछि स्थानीय हर्षित भएका हुन्।

‘राम्रो काम थालनी भएको छ, खासमा त नेपालका सबै डाँडाकाँडामा यस्तो बाटो निर्माण गर्नुपर्छ,’ स्थानीय नरहरि दाहालले भने, ‘यसले हाम्रो गाउँठाउँ पनि चिनिनेछ, पैसा पनि कमाउनेछौं।’ 
प्रदूषण पनि नहुने र स्थानीय उत्पादनलाई बजारीकरण गर्न पनि सहयोग पुग्ने भएकाले आफू पनि बाटो निर्माणमा सारिक भएको मार्ग निर्माण समिति सदस्यसमेत रहेका स्थानीय धर्म गिरीले बताए।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०७५  ००:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक
दुई वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ। बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ०५:०० बजे सम्म १ हजार ४ सय ५४ जनाको शव फेला परेको छ। बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाश... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, असोज १५, २०८३
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्