आग्रा– उत्तर भारतीय राज्यमा बुधबार रातिदेखि आएको बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १ सय ४३ पुगेको छ।
भीषण रुपमा आएको हावाहुरीको कारण ढलेका रुख र पर्खालका कारण ठूलो संख्यामा मानिसको मृत्यु भएको हो। उत्तर प्रदेश, राजस्थान र पञ्जाव राज्यमा हावाहुरी आएको हो। यो आँधी २५ वर्षयताकै सबैभन्दा ठूलो भएको अधिकारीहरुको भनाइ छ।
हावाहुरीबाट उत्तर प्रदेशमा १ सय २१, राजस्थानमा २१ र पञ्जावमा प्रान्तमा एक जनाको मृत्यु भएको अन्य सयौँ व्यक्ति घाइते भएका छन्।
घाइते तथा मृत्यु हुनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ। हावाहुरीबाट भएको क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन।
उत्तर प्रदेशको आग्रा जिल्लाबाट ताजमहल जाने बाटो बढी प्रभावित भएको छ। त्यहाँ बढीजसो नागरिक रुख ढलेर र रुखका हाँगा भाँचिएर घाइते भएका छन्।
हावाहुरीको प्रकोप शुक्रबार पनि कायमै छ। जल तथा मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार शुक्रबार र शनिबार पनि हावाहुरी आउने सम्भावना रहेको छ।
मानिसहरुलाई घरबाट बाहिर ननिस्कन, सुरक्षित स्थलमा बस्न तथा सतर्कता अपनाउन सबै नागरिकसमक्ष सरकारले सूचना जारी गरेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।