लन्डन– बेलायतमा बिहीबार भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतदाताले उत्साहपूर्वक सहभागिता जनाएको सरकारले जनाएको छ।
दशौं लाख मतदाताहरूले गरेको मतदानलाई प्रधानमन्त्रीको पहिलो ठूलो परीक्षणको रूपमा पनि हेरिएको छ।
देशभरी रहेका १ सय ५० परिषद् क्षेत्रमा निर्वाचन भएको हो। सबै परिषद्मा गरेर झण्डै ४४ सय सिट रहेको छ।
प्रधानमन्त्री थेरेसा मे र उनका श्रीमान् फिलिपले लन्डनको वेस्टमिनिस्टर मतदान केन्द्रबाट बिहानै मतदान गरेका थिए।
राजनीतिक विश्लेषकहरूले जेरेमी कर्बीन नेतृत्वको प्रमुख प्रतिपक्षी दल लेवर पार्टीले सवैभन्दा धेरै ठाँउमा जीत हासिल गर्ने अनुमान गरेका छन्।
मतदानलाई व्यवस्थित गर्न मतदातालाई पायक पर्नेगरी पहिलेभन्दा धेरै ठाउँमा मतदान केन्द्रहरु राखिएका निर्वाचन अधिकारीले बताए।
मतदाता सूचीमा नाम भएकाहरूलाई सवारी चालक अनुमतिपत्र, राहधानीजस्ता फोटो सहितका कुनैपनि आधिकारिक परिचयपत्रका आधारमा मतदान गर्न दिइएको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।