मुम्बर्इ– भारतको एउटा अदालतले ७ वर्ष अगाडि एक जना पत्रकारको हत्या गर्ने ९ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ।
कुख्यात बन्दुक आक्रमणकारी छोटा राजन र अन्य ८ जनालाई बुधबार अदालतले पत्रकारको हत्यारा ठहर गर्दै आजीवन जेल सजाय सुनाएको हो।
अपराधसम्बन्धी विषयमा पत्रकारिता गर्दै ‘मिड डे’ नामक पत्रिकामा आबद्ध रहेका ज्योतिरमय डेको सन् २०११ को जुन ११ का दिन हत्या भएको थियो। डेले आफ्नो बारेमा नकारात्मक लेखेको भनेर बेखुशी भएका राजनले डेलाई गोली हान्न आदेश दिएको अभियोक्ताहरुले बताएका छन्।
भारतको आर्थिक राजधानी मानिने मुम्बर्इको एउटा विशेष अदालतले हत्याको मुख्य दोषी राजनलाई नै मानेको छ। विश्व प्रेस स्वतन्त्रताको पूर्वसन्ध्यामा अदालतको यस्तो फैसला आएको हो।
हरेक वर्षको मे ३ तारिखका दिन विश्वभरी प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।