• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रकाे काममा १५ बदमासी, कारबाहीमा अख्तियार मौन 

भ्रष्टाचार भएको रकम उद्यमीसँग असुली गर्न कृषि मन्त्रालयलाई सुझाव
64x64
उत्तम काप्री शुक्रबार, फागुन ३०, २०७६  १८:३०
1140x725

काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रको बजेटमा बदमासी देख्ने अख्तियारले कारबाहीको सिफारिस  भने गरेको छैन। अख्तियारले केन्दको बजेट खर्चदेखि कामसम्मका विषयमा १५ अनियमितता पहिचान गरे पनि कारबाही प्रक्रिया अगाडि नबढाई सबैलाई उन्मुक्ति दिने गरी प्रतिवेदन सार्वजनिक गरेको छ। 

अख्यितरले २०७६ पुसमा अध्ययन गरी केन्द्रको बजेट खर्चदेखि आयोजना छनोटमा कमजोरी भएको देखाउँदै १३ बुँदे सुझाव दिएको थियो। तर कारबाहीको प्रक्रिया अगाडि नबढाई सुधार गर्न भन्दै सम्बन्धित निकायलाई सुझाव दिएको छ।

केन्द्रको परियोजनामा भएको आर्थिक हिनामिनाका विषयमा नेपाललाइभले निरन्तर समाचार लेखेपछि अख्तियारले सम्बन्धित सबै निकायमा छापा मार्दै  कागजपत्र लगेको थियो। तर, अध्ययनमा अनियमितता भएको फेला पारे पनि कारबाही प्रक्रिया भने अगाडि बढाएन। 

अख्तियारले सार्वजनिक गरेको प्रतिवेदनमा १३ बुँदे सिफारिस र १५ बुँदे समस्या पहिचान गरेको हो।

यो पनि पढ्नुहोस

उद्याेग वाणिज्य महासंघअन्तर्गतकाे कृषि उद्यम केन्द्रकाे अनियमिततामा अख्तियारकाे १३ बुँदे टिप्पणीशुक्रबार, फागुन ३०, २०७६

आयोगले गलत नियतले अनुदान लिनका लागि खोलेका उद्योगका सन्दर्भमा उद्यमीसँग रकम असुली गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई सिफारिस गरेको छ।

अख्तियारको प्रतिवेदनमा कृषि उद्यम केन्द्र सचिवालयको मुख्य काम भूगोल अनुसार व्यावसायिक योजनाको छनोट, डिजाइन ईस्टिमेट, लागत र प्रविधिमा सहजीकरण र व्यवसायिक योजनाको तयारी, अनुगमन र सुपरीवेक्षण गर्ने र आवश्यकता अनुसार जिल्ला समितिलाई सुझाव दिनुपर्नेमा सो हुन नसकेका कारण उद्योगहरू सम्पन्न र सञ्चालन हुन नसकेको भन्दै उपयुक्त योजना बनाउन उद्योग वाणिज्य महासंघलाई सिफारिस गरेको छ।

तर, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत उद्योगहरू स्थापना गर्न अनुदान उपलब्ध गराउँदा कृषि उद्यम केन्द्रलाई मात्रै दिन नहुने प्रतिवेदनमा उल्लेख गरेको छ। यस्तै, खुल्ला प्रतिस्पर्धाका आधारमा अन्य निजी कम्पनीहरू वा बाली वस्तुउत्पादक संघलाई समेत समावेश गर्न अख्तियारले भनेको छ।

साथै, कृषि तथा पशुपंछी विकास मन्त्रालयले कृषि उद्यम केन्द्रलाई हालसम्म उपलब्ध गराएको निकासा र खर्चका सम्बन्धमा प्रतिवेदन लिई वित्तीय अनुशासन कायम गर्नसमेत अख्तियारले सुझाव दिएको छ। सशर्त अनुदान रकमका सम्बन्धमा खर्च भएका सम्पर्ण रकमका बिल भर्पाईको महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखापरीक्षण गराउन मन्त्रालयलाई निर्देशन दिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस

घोटाला लुकाउन कोषाध्यक्षलाई जबरजस्ती राजीनामा गराइन् अध्यक्ष भवानी राणालेआइतबार, माघ १३, २०७५

आगामी दिनमा यस्ता किसिमका योजना तथा कार्यक्रम छनोट गर्दा स्थानीय आवश्यकता, उत्पादनसँगको तादात्म्यता, बजार, सामाजिक र आर्थिक पक्ष, कार्यक्रमको दिगोपना र व्यवस्थापनसमेतको वस्तुपरक मूल्याङ्कन गर्ने प्रक्रिया सुरु गर्न अख्तियारले सिफारिस गरेको छ। 

केन्द्रको बजेट खर्च प्रणालीमा अख्तियारले देखेका १५ बदमासी

१. ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रमका अधिकांश उद्योगहरू सम्झौताको अवधि समाप्त भइसक्दा पनि सञ्चालनमा नआएको।

२. अधिकांश उद्योगहरू सम्भाव्यता अध्ययनविना छनोट गरिएको।

३. धेरै उद्योगहरू स्थापना गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति नलिएको र वातावरणीय प्रभाव मूल्याङ्कन पनि नभएको।

४. ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रम कार्यविधिअनुसार नेपाल सरकारले उपलब्ध गराउने अनुदान खर्च गरिएको तर उद्योगी र साझेदारहरूको लगानी रकम नखुलेको र नेपाल सरकारबाट उपलब्ध गराइएको रकम भवन निर्माण र मेसिनरी औजारहरू खरिद गर्न प्रयोग गरेको पाइएको।

यो पनि पढ्नुहोस

कृषि उद्यम केन्द्रको घोटालामा महालेखाले भन्यो- महासंघ अन्तर्गतका केन्द्रलाई बजेट दिँदा पुनर्विचार गर्नुपर्छशुक्रबार, चैत २९, २०७५

५. एक जिल्ला एक उत्पादन कार्यक्रम कार्यान्वयन नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत जिल्लास्थित जिल्ला उद्योग वाणिज्यसंघहरू मार्फत् हुने र अधिकांश उद्योगहरूमा ती संघका पदाधिकारीहरूको संलग्नता रहेको तर अधिकांश उद्योग समयमै स्थापना नहुनु र भएका पनि नचल्नुबाट सरकारी अनुदान प्राप्त गर्नेमात्रै उद्देश्य राखेको।

६. उद्योग स्थापनामा प्राविधिक सहयोग एवं सहजीकरणको प्रमुख भूमिका खेल्नुपर्ने कृषि उद्यम केन्द्रले प्राविधिक सहयोगको नाममा धेरै खर्च गरे पनि प्रगति प्रतिवेदनबिना नै भुक्तानी दिएको।

७. अनुगमन समितिको भ्रमण कामको प्रभावकारिता अभिवृद्धिभन्दा पनि औपचारिकता पुरा गर्ने उद्देश्यले भएको ।

८. कार्यविधिअनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा वार्षिक प्रगति प्रतिवेदन बुझाउने व्यवस्था भएपनि सो नगरेको।

९. ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रमको प्रमुख तालुक निकाय कृषि विकास मन्त्रालयले पनि कार्यक्रम सञ्चालनमा पर्याप्त ध्यान नदिएको। 

१०. जिल्ला उद्योग वाणिज्य संघ गैरसरकारी संस्था भएकाले यस्ता खालका संस्थाहरूले प्रालि कम्पनीमा सेयर राख्न नमिल्ने भए पनि कार्यक्रम निर्देशिकामा उद्योग वाणिज्य संघको रोहबर हुने व्यवस्था भएकोले नीतिगत त्रुटि भएको।

११. सहकारी ऐनबमोजिम सहकारीले प्रालिमा सेयर राख्न नमिल्ने भए पनि समूह र सहकारीको सेयर हुने व्यवस्था गरिएकोमा त्रुटिपूर्ण भएको।

यो पनि पढ्नुहोस

कृषि उद्यम केन्द्रमा घोटाला : खर्च देखाउन नक्कली बिल बनाउँदै महासंघ पदाधिकारीआइतबार, माघ ६, २०७५

१२. उद्योग सञ्चालनमा किसानको बढीभन्दा बढी संलग्नता गराउन कम्पनीको सेयर सदस्यको रुपमा किसानहरूलाई संलग्न गराइएको तर चालुपूँजीका लागि बैंकिङलगायतका अन्य प्रयोजनमा किसानहरू समावेश हुन नचाहनाले बैंकबाट चालु पूँजी प्राप्त गर्न कठिनाइ भै उद्योग सञ्चालन गर्न कठिनाइ भएको। 

१३. कार्यविधिअनुसार उद्योग स्थापना गर्न उद्यमीबाहेक अन्य साझेदारी निकायहरूको लगानी हुनुपर्ने व्यवस्था भएकोमा प्रक्रिया पु¥याउनका लागि कृषकहरू र निजी लगानीकर्ताको सेयर पनि उद्यमी आफैंले लगानी गरेको।

१४. कार्यविधिअनुसार कृषि उद्यम केन्द्रको मुख्य काम भूगोलअनुसार व्यावसायिक योजनाको छनोट, डिजाइन ईस्टीमेट, लागत र प्रविधिमा सहजीकरण र व्यावसायिक योजनाको तयारी, अनुगमन र सुपरीवेक्षण गर्ने र आवश्यकताअनुसार जिल्ला समितिलाई सुझाव दिनुपर्नेमा कृषि उद्यम केन्द्रसँग दक्ष जनशक्ति नभएका कारण उद्योगहरू समयमा सम्पन्न नभएको र भएका पनि सञ्चालन हुन नसकेको।

१५. ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रम कार्यविधि तयार गर्दा पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानी सम्बन्धी ऐन, २०६३ अनुसार नभएको।

बजेट खर्चको बदमासी

‘एक जिल्ला एक उत्पादन’ कार्यक्रमका लागि आर्थिक वर्ष २०६९÷०७० देखि आव  २०७४/७५ सम्म कूल ६९ करोड ८ लाख रुपैयाँ कृषि उद्यम केन्द्रको नाममा रकम विनियोजन भएको छ। उक्त रकममध्ये २९ करोड ८५ लाख ४० हजार रुपैयाँ निकासी भएको छ। 

यो पनि पढ्नुहोस

चिराइतो प्रशोधनका नाममा कृषि उद्यम केन्द्रमा आर्थिक हिनामिनाबिहिबार, फागुन २३, २०७५

केन्द्रले कुल निकासा भएको रकममध्ये २३ करोड ९७ लाख १० हजार रुपैयाँ  विभिन्न उद्योगहरू स्थापना गर्न खर्च गरेको अख्यिारको प्रतिवेदनमा उल्लेख छ।  खर्च भएको रकम मध्ये १३ करोडभन्दा बढी रकम मेसिनरी औजार खरिदमा प्रयोग भएको छ । तर, संस्थागत लगानी १८ करोड रुपैयाँमात्रै भएको छ। जबकि यो परियोजना अन्तर्गतको एक जिल्ला एक उत्पादन कार्यविधिअनुसार छैन। कार्याविधि अनुसार उद्योग सञ्चालन गर्ने साझेदारी निकायहरुले संस्थागत लगानीअन्तर्गत ५० प्रतिशत लगानी गर्नुपर्ने भएपनि सोअनुसार नभएको अख्तियारको प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रम सञ्चालन गर्न कृषि उद्यम केन्द्रलाई नेपाल सरकारले ५ करोड ७१  लाख २३  हजार ३ सय ३६ रुपैयाँ उपलब्ध गराएको अख्तियारको प्रतिवेदनमा उल्लेख छ। कार्यविधि अनुसार सचिवालयको मुख्य काम भूगोल अनुसार व्यावसायिक योजनाको छनोट, डिजाइन ईस्टीमेट, लागत, प्रविधिमा सहजीकरण र व्यावसायिक योजनाको तयारी, अनुगमन र सुपरीवेक्षण गर्ने तथा आवश्यकता अनुसार जिल्ला समितिलाई सुझाव दिनुपर्ने उल्लेख थियो। तर सो हुन नसकेका कारण अधिकांश उद्योगहरू सञ्चालन हुन नसकेको समेत अख्तियारले उल्लेख गरेको छ। 

यो पनि पढ्नुहोस

कृषि उद्यम केन्द्रमा घोटाला : महासंघ अध्यक्ष राणालाई पूर्व-अध्यक्षहरुले काटे पत्रसोमबार, माघ २१, २०७५

सरकारले भने कृषि क्षेत्रको व्यावसायीकरण, उद्योग स्थापना, सञ्चालन र बजारीकरण कार्यक्रम सञ्चालन गरी सन्तुलित आर्थिक विकास एवं रोजगारी सृजना गर्दै गरिबी निवारण गर्ने उद्देश्यका साथ ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्न भन्दै रकम दिँदै आएको थियो।

जिल्लाको मौलिक पहिचान भएका वस्तुहरू तथा सेवाको उत्पादन तथा प्रवर्द्धन गर्न सार्वजनिक निजी साझेदारीमा ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ नेपाल सरकारले आर्थिक वर्ष २०६३/०६४ को बजेट वक्तव्यमार्फत घोषणा गरेको थियो। यो कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा कार्यान्वयन गरिएको र यसै अनुभवका आधारमा नेपाल सरकारले आव २०६९÷०७० देखि ‘एक जिल्ला एक उत्पादन’ सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  १८:३०
  • #fncci
  • #fnccicorruption

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
स्मार्ट सेल प्रकरणः लचिलो सरकारको फितलो अभियोजनले ९६ अर्बको दाबी पुष्टि हुन हम्मे नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रस्ताव गर्दा सरुवा हुन अस्वीकार गरेका भण्डारीलाई तत्कालीन प्रमुख सहन्यायाधिवक्ता रामहरि क... आइतबार, साउन ३१, २०८३
पत्रकार श्रेष्ठको घर र कार्यालयमा खानतलासी उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा खानतलासी गरेको छ। बिहीबार, साउन २८, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा यस्तो आदेश गरेको हो । मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन आइतबार, साउन ३१, २०८३
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
कांग्रेसको विद्रोही पक्षलाई गगनको जवाफ– कानेखुसी गरेको देखियो, आफैं भन्ने हिम्मत नभएपछि बीपी र गणेशमाको नामलाई सहारा बनाइयो आइतबार, साउन ३१, २०८३
जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध, बस्ती नै जोखिममा आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्