• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

कृषि उद्यम केन्द्रमा घोटाला : खर्च देखाउन नक्कली बिल बनाउँदै महासंघ पदाधिकारी

64x64
उत्तम काप्री आइतबार, माघ ६, २०७५  १७:२७
1140x725

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको ‘कृषि उद्यम केन्द्र’को बजेटमा लामो समयदेखि करोडौं रुपैयाँ घोटाला हुँदै आएको तथ्य सतहमा आएको छ। केन्द्र स्थापना कालदेखि नै विभिन्न घोटाला हुँदै आएको महासंघका प्रदाधिकारीहरु नै स्वीकार गर्छन्। 

केन्द्रको स्थापना कालदेखिनै सुरु भएको आर्थिक हिनामिनाको सिलसिला आर्थिक वर्ष ०७१/७२ देखि भने अझै बढ्दो देखिएको छ। कुनै काम नगर्ने तर बजेट खर्च भएको देखाउने र हिसाब मिलान गर्ने कार्य त्यहाँ हुने गरेको छ।

महासंघको अध्यक्ष नै केन्द्रको पनि अध्यक्ष रहने वैधानिक व्यवस्था छ। त्यसमा पनि महासंघ भित्रकै पदाधिकारीलाई अध्यक्षले उपाध्यक्ष नियुक्ति गर्नेसक्ने अधिकार छ। यही व्यवस्थाको फाइदा उठाउँदै अध्यक्षले आफू निकट सदस्यलाई उपाध्यक्ष नियुक्ति गरी मिलेमतोमा घोटाला गर्ने गरेको देखिन्छ। 

सबैभन्दा बढी घोटाला महासंघकी अध्यक्ष भवानी राणा केन्द्रको उपाध्यक्ष भएको बेला सुरु भएको देखिन्छ। महासंघकी हालकी अध्यक्ष राणा दुई कार्यकाल केन्द्रको उपाध्यक्ष भएकी थिइन्। घोटाला ढाकछोप गर्न महासंघको अध्यक्ष भएपछि राणाले आफू निकट व्यवसायी हेमराज ढकाललाई केन्द्रको उपाध्यक्षमा नियुक्त गरेकी छन्। राणालाई तत्कालीन अध्यक्षहरु क्रमशः प्रदीपजंग पाण्डे र पशुपति मुरारकाले उपाध्यक्ष नियुक्त गरेका थिए।

महासंघका एक पदाधिकारीका अनुसार कृषि उद्यम केन्द्रले सञ्चालन गरेका विभिन्न कार्यक्रममा वार्षिक ७ करोड रुपैयाँ भन्दा बढी घोटाला हुने गरेको छ। केन्द्रको रकममा घोटाला भएपछि कृषि तथा पशुपक्षी मन्त्रालयले बजेट दिनसमेत रोक्का गरेको छ। केन्द्रलाई मन्त्रालयले वार्षिक करिब ३० करोड रुपैयाँ दिदै आएको थियो।

‘महासंघ जस्तो व्यावसायिक हित हेर्ने संगठनभित्र रहेको कृषि उद्यम केन्द्रमा आर्थिक हिनामिना हुनु सानो विषय हैन,’ महासंघ स्रोतले भन्यो, ‘कृषिको विकासका लागि भन्दा उद्यम केन्द्रका पदाधिकारी र कर्मचारीको व्यक्तिगत विकासमा रकम बढी खर्च भएको छ।’

केन्द्रले सञ्चालन गरेका विभिन्न परियोजनामा कूल बजेटको ६० प्रतिशतभन्दा बढी रकम तलब, दैनिक भत्ता तथा भ्रमण शिर्षकमा अनियमित रूपमा खर्च भएको देखिन्छ। केन्द्रले तीन अलग–अलग परियोजना सञ्चालन गर्दै आएको थियो। केन्द्र अन्तर्गत तीनै परियोजनाको बेग्लाबेग्लै लेखा परीक्षण (आन्तरिक) गर्दा आर्थिक हिनामिना भएको फेला परेको महासंघका पदाधिकारी बताउँछन्।

केन्द्रले सञ्चालन गरेको ‘हाई माउन्टेन एग्रो बिजनेस एन्ड लाइभ्लि हुड इम्प्रुभमेन्ट प्रोजेक्ट’मा कूल रकमको ५१ प्रतिशत रकम तलब, भत्ता, हेलिकोप्टर र यातायात शिर्षकमा मिलाउने काम भइरहेको स्रोतको भनाइ छ। उक्त परियोजनामा आव ०७२/०७३ र ०७३/०७४ मा मात्रै ४ करोड ८० लाख रुपैयाँ खर्च भएको देखाइएको आर्थिक प्रतिवेदनमा ५१ प्रतिशतभन्दा बढी रकम तलब शिर्षकमा मात्र खर्च भएको देखाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी ’हाइभ्यालु एग्रिकल्चर प्रोजेक्ट’मा पनि उस्तै अनियमितता छ। ३ करोड ७० लाख रुपैयाँ भन्दा बढी बजेटमा कूल खर्चको झन्डै ५० प्रतिशत तलबमा मात्र खर्च भएको छ।अर्को २ करोड ४९ लाख रुपैयाँको ‘रेइजिङ इनकम फर स्मल एन्ड मिडियम फार्मर प्रोजेक्ट’को पनि कुल बजेटको ३२ प्रतिशत रकम तलब, भत्ता तथा भ्रमणमा खर्च भएको देखिएको छ। ‘ट्राभल एजेन्सीबाट खर्च देखाउन लिइएका अधिकांश बिल नक्कली छन्,’ महासंघ स्रोतले भन्यो, ‘केन्द्रको नाममा सबैभन्दा ठूलो घोटला पेश्की रकम लिएर गरिएको छ।’

‘परियोजनाको रकम खर्चमा विकृति पहिलेदेखि नै भएको रहेछ’, स्रोतले भन्यो, ‘यतिसम्म की प्रोजेक्टमा भएको खर्चको आजसम्म आधिकारिक लेखा परीक्षण हुन सकेको छैन।’

कर्मचारीको हस्तारक्षरमा सामान्य आर्थिक प्रतिवेदन जारी भइरहेको छ। कृषि उद्यम केन्द्रको रकम पनि महासंघकै रकम हो। केन्द्रमा आएको रकम पनि महासंघकै बैंक खातामा आउनुपर्छ। तर, आजसम्म केन्द्रको नाममा आएको बजेट महासंघको खाता नल्याइएको ती पदाधिकारीले जानकारी दिए।

‘कानुनी रूपमा कुनै पनि संस्थाको दुई वटा ‘ब्यालेन्स सिट’ हुँदैन। तर, महासंघ भित्रकै संस्था उद्यम केन्द्रको बेग्लै ब्यालेन्स सिट बनाउँदै आर्थिक हिनामिना गर्ने गरिएको छ’, ती पदाधिकारीले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कसरी सुरु भयो घोटाला ?
२०६७ चैतमा उद्योग वाणिज्य महासंघको अध्यक्षमा व्यवसायी सुरज वैद्य निर्वाचित भए। वैद्य महासंघको अध्यक्ष भएपछि केन्द्रको उपाध्यक्षको अधिकार पनि आफैले लिए। उनले नियम उलंघन गर्दै आफै केन्द्रको उपाध्यक्ष भएर काम गरे।

वैद्यको कार्यकाल सकिएलगतै २०७१ वैशाखमा महासंघको अध्यक्षमा व्यवसायी प्रदिपजंग पाण्डे निर्वाचित भए। पाण्डेले अध्यक्ष भएलगतै केन्द्रको उपाध्यक्षमा भवानी राणालाई नियुक्त गरे। तर, पाण्डेले महासंघमा पूरा कार्याकाल अध्यक्ष भएर काम गर्न पाएन।

भ्रष्टाचारको पुरानो मुद्वामा उनी जेल गएपछि महासंघको विशेष अधिवेशनबाट २०७२ असारमा व्यवसायी पशुपति मुरारका अध्यक्ष भए। अध्यक्ष मुरारकाले पनि केन्द्रको उपाध्यक्षमा भवानी राणालाई नै निरन्तरता दिए। पाण्डे कार्यकालमा केन्द्र उपाध्यक्षमा राणा नियुक्ति भित्रिएसँगै आर्थिक हिनामिना सुरु भएको नेपाललाइभलाई प्राप्त विभिन्न कागजातले देखाउँछ।

मुरारकाको कार्यकाल सकिएसँगै २०७३चैतमा अध्यक्षमा राणा निर्वाचित भइन्। हिनामिना सुरु गरेकी राणाले त्यसपछि केन्द्रको बजेटमा झन् हालीमुहाली सुरु गरिन्। 

कोषध्यक्ष प्रधानको जिम्मेवारी खोसियो
राणाले आफू अध्यक्ष भएसँगै आर्थिक हिनामिनाको विषय बाहिर आउन नदिन आफू निकट व्यवसायी हेमराज ढकाललाई केन्द्रको उपाध्यक्षमा नियुक्ति गरिन। कानुनी रूपमा केन्द्रले गर्ने आर्थिक कारोबारको हिसाब किताब महासंघकै कोषाध्यक्षले गर्ने अधिकारसमेत राणालै कटौति गरिदिइन्। महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई चेकमा हस्ताक्षर गर्ने अधिकार पनि उनले दिइनन्। 

अधिकार कटौति भएपछि प्रधानले पनि अध्यक्ष राणालाई पत्रलेखेर ‘केन्द्रको हिसाब किताबमा तपाईको अधिकार छैन,’ भन्दै लिखतरूपमै जानकारी पनि गराएका थिए तर राणा नियमविपरित अघि बढिन्।

यसै विषयमा नेपाललाइभले प्रधानसँग जिज्ञाँसा राख्दा उनले आफूलाई केन्द्रको हिसाब किताब र चेकमा हस्ताक्षर गर्ने अधिकारबाट समेत बञ्चित गराइएको जानकारी दिए। ‘केन्द्रको बजेट के कसरी खर्च भएको छ त्यसको विवरण मसँग छैन’, प्रधानले भने, ‘बढी मात्रामा पेश्कीका रूपमा लगेको देखिन्छ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि २०७४ पुसमा पत्र काटेर बजेट रोकेको छ। मन्त्रालय सचिव युवकध्वज जिसीले पनि अघिल्लो आर्थिक वर्षदेखि केन्द्रलाई बजेट नदिइएको जानकारी दिए। कृषि उद्यम केन्द्रमा बजेट सक्ने बाहेक अरु काम नगरेको मन्त्रालयको ठहर छ।

‘भवानी राणाजी अध्यक्ष भएपछि यो अनियमितता रोकिएला भन्ने सोचिएको थियो, तर यो क्रम अझै बढ्यो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँले त झन् अझै गडबढ पो गर्दै जानु भयो। त्यसैले पनि मन्त्रालय बजेट रोक्न बाध्य भएको हो। कृषि उद्यम केन्द्र दुई वर्षदेखि नवीकरणसमेत भएको छैन। 

प्रकाशित मिति: आइतबार, माघ ६, २०७५  १७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्