काठमाडौं – नेपाल प्रिमियर लिगमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा काठमान्डुले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १५७ रन बनाएको हो।
काठमान्डुका लागि कप्तान करण केसीले उत्कृष्ट फिनिसिङ गरे। उनले ११ बलमा १ चौका र ४ छक्कासहित ३४ रन प्रहार गरे।
ओपनर आकाश त्रिपाठीले ३२ तथा सन्तोष यादवले २६ रनको योगदान गरे। जेहार्ड इरास्मसले १७ रन जोड्दा राशिद खानले १४ रन बनाए। ओपनर बेन चार्ल्सवर्थ भने गोल्डेन डकआउट भएका थिए।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेल, गुल्बादिन नाइब, रुबेन ट्रम्पलम्यान र शेर मल्लले दुई-दुई विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।