• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १९, २०८२ Mon, Feb 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

घोटाला लुकाउन कोषाध्यक्षलाई जबरजस्ती राजीनामा गराइन् अध्यक्ष भवानी राणाले

64x64
नेपाल लाइभ आइतबार, माघ १३, २०७५  १९:३५
1140x725

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको  ‘कृषि उद्यम केन्द्र’ का नाउँमा भइरहेको आर्थिक घोटालाबारे चर्चा–परिचर्चा चलिरहेकै बेला महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएका छन्। 

अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मिडियालाई सूचना चुहाएको आरोप लगाउँदै महासंघकी अध्यक्ष भवानी राणाले कोषाध्यक्ष प्रधानलाई राजीनामा गर्न वाध्य पारेको महासंघ स्रोतले जनाएको छ।

‘अध्यक्ष राणाले अनियमितता लुकाउनैका लागि यस्तो खेल खेलिन् जुन खेल उनलाई महंगो पर्ने देखिन्छ’, महासंघभित्र अनियमितताको विपक्षमा रहेका एक सदस्यले नेपाल लाइभसँग भने, ‘कोषाध्यक्षको राजीनामा लिएर भ्रष्टचार लुक्छ र?’

‘कृषि उद्यम केन्द्र’को बजेटमा लामो समयदेखि करोडौं रुपैयाँ घोटाला हुँदै आएको तथ्य नेपाल लाइभले प्रकाशन गरेसँगै यसबारे अख्तियारले छानविन सुरु गरेको खबर पनि आइसकेको छ।

अनियमितताको विषय पेचिलो बन्दै गएपछि दवावमा परेकी महासंघ अध्यक्ष राणा र उनका सन्निकट पदाधिकारीहरुले आइतबार दिउँसो पदाधिकारी बैठक डाकेका थिए। बैठकमा अनियमितताबारे समाचारहरु सार्वजनिक भएको र यसबारे अख्तियारले छानबिन सुरु गरेको विषयमा छलफल भएको थियो। 

‘अध्यक्ष राणा दवावमा देखिइन्। उनले आफ्नो र सन्निकटहरुको गल्ती लुकाउन अर्को गल्ती गर्ने निर्णय गरिन्’, ती सदस्यले भने, ‘यो निर्णयले महासंघलाई नै दुई खेमामा विभाजित गरेको छ। हामी चाहन्छौं वर्षौदेखि उद्यम केन्द्रका नाउँमा रकम अपचलन गर्नेहरुलाई कारवाही होस्।’  

 केन्द्रको बजेट आर्थिक हिनामिनामा महासंघै पदाधिकारी जोडिएका थिए।  

हिनामिनाको समाचार आउन थालेसँगै अख्तियारले महासंघ अन्तर्गतको केन्द्रसँग विवरण तथा कागजात समेत माग गरेको थियो। महासंघले अख्तिायरले मागेको जावफसमेत दिइसकेको छ।

Ncell 2
Ncell 2

केन्द्रको स्थापना कालदेखिनै सुरु भएको आर्थिक हिनामिनाको सिलसिला आर्थिक वर्ष ०७१÷७२ देखि भने अझै बढ्दो देखिएको छ। कुनै काम नगर्ने तर बजेट खर्च भएको देखाउने र हिसाब मिलान गर्ने कार्य त्यहाँ हुने गरेका थियो।

महासंघका एक पदाधिकारीका अनुसार कृषि उद्यम केन्द्रले सञ्चालन गरेका विभिन्न कार्यक्रममा वार्षिक ७ करोड रुपैयाँ भन्दा बढी घोटाला हुने गरेको छ। केन्द्रको रकममा घोटाला भएपछि कृषि तथा पशुपक्षी मन्त्रालयले बजेट दिनसमेत रोक्का गरेको छ। केन्द्रलाई मन्त्रालयले वार्षिक करिब ३० करोड रुपैयाँ दिदै आएको थियो।

‘महासंघ जस्तो व्यावसायिक हित हेर्ने संगठनभित्र रहेको कृषि उद्यम केन्द्रमा आर्थिक हिनामिना हुनु सानो विषय हैन,’ महासंघ स्रोतले भन्यो, ‘कृषिको विकासका लागि भन्दा उद्यम केन्द्रका पदाधिकारी र कर्मचारीको व्यक्तिगत विकासमा रकम बढी खर्च भएको छ।


उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रमा वार्षिक करोडौं हिनामिना, अध्यक्ष राणा पनि मुछिइन्

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको मातहतमा रहेको कृषि सम्बन्धी काम गर्ने ‘कृषि उद्यम केन्द्र’को बजेटमा लामो समयदेखि करोडौं रुपैयाँ हिनामिना हुँदै आएको तथ्य सतहमा आएको छ। आर्थिक हिनामिना महासंघका पदाधिकारीकै मिलेमताेमा भएको रहस्य खुल्न आएको हो।

आर्थिक हिनामिनामा महासंघकी अध्यक्ष भवानी राणा समेत मुछिएकी छिन्।

महासंघका एक पदाधिकारीका अनुसार कृषि उद्यम केन्द्रले सञ्चालन गरेका विभिन्न नामका प्रोजेक्टमा वार्षिक ७ करोड भन्दा बढी आर्थिक हिनामिना भएको हो।

‘महासंघ जस्तो संगठनभित्र रहेको कृषि उद्यम केन्द्रमा आर्थिक हिनामिना हुनु सानो विषय हैन', स्रोतले भन्यो, ‘कृषिको विकासका लागि भन्दा उद्यम केन्द्रका पदाधिकारी र कर्मचारीको व्यक्तिगत विकासमा बढी खर्च भएको छ।’

केन्द्रले सञ्चालन गरेका परियोजनाबारे नेपाल लाइभले प्राप्त गरेको आर्थिक कागजपत्रमा पनि प्राेजेक्टको कुल बजेटको ६० प्रतिशतभन्दा बढी रकम तलब, दैनिक भत्ता तथा भ्रमणमा अनियमित रुपमा खर्च भएको देखिन्छ।

महासंघअन्तर्गतको उद्यम केन्द्रलाई नेपाल सरकार र विदेशी दाताले हरेक वर्ष सरदर ३० करोड रुपियाँ बराबरको बजेट दिँदै आएका छन्। यही बजेटका आधारमा केन्द्रले कृषि परियोजनाहरु सञ्चालन गरिरहेको छ। तर, उपलब्धी भने शून्य जस्तै छ।

‘परियोजनाको रकम खर्चमा विकृति पहिलेदेखि नै भएको रहेछ’, स्रोतले भन्यो, ‘यतिसम्म कि प्रोजेक्टमा भएको खर्चको आजसम्म अफिसियल अडिट हुन सकेको छैन।’ कर्मचारीको हस्तारक्षरमा सामान्य रुपमा एउटा आर्थिक प्रतिवेदन जारी भइरहेको छ। त्यसमा उद्योग वाणिज्य महासंघका कुनै पदाधिकारीको हस्ताक्षर छैन।

विस्तृतका लागि यहाँ क्लिक गर्नुहोस

कृषि उद्यम केन्द्रमा घोटाला : खर्च देखाउन नक्कली बिल बनाउँदै महासंघ पदाधिकारी

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको ‘कृषि उद्यम केन्द्र’को बजेटमा लामो समयदेखि करोडौं रुपैयाँ घोटाला हुँदै आएको तथ्य सतहमा आएको छ। केन्द्र स्थापना कालदेखि नै विभिन्न घोटाला हुँदै आएको महासंघका प्रदाधिकारीहरु नै स्वीकार गर्छन्। 

केन्द्रको स्थापना कालदेखिनै सुरु भएको आर्थिक हिनामिनाको सिलसिला आर्थिक वर्ष ०७१/७२ देखि भने अझै बढ्दो देखिएको छ। कुनै काम नगर्ने तर बजेट खर्च भएको देखाउने र हिसाब मिलान गर्ने कार्य त्यहाँ हुने गरेको छ।

महासंघको अध्यक्ष नै केन्द्रको पनि अध्यक्ष रहने वैधानिक व्यवस्था छ। त्यसमा पनि महासंघ भित्रकै पदाधिकारीलाई अध्यक्षले उपाध्यक्ष नियुक्ति गर्नेसक्ने अधिकार छ। यही व्यवस्थाको फाइदा उठाउँदै अध्यक्षले आफू निकट सदस्यलाई उपाध्यक्ष नियुक्ति गरी मिलेमतोमा घोटाला गर्ने गरेको देखिन्छ। 

सबैभन्दा बढी घोटाला महासंघकी अध्यक्ष भवानी राणा केन्द्रको उपाध्यक्ष भएको बेला सुरु भएको देखिन्छ। महासंघकी हालकी अध्यक्ष राणा दुई कार्यकाल केन्द्रको उपाध्यक्ष भएकी थिइन्। घोटाला ढाकछोप गर्न महासंघको अध्यक्ष भएपछि राणाले आफू निकट व्यवसायी हेमराज ढकाललाई केन्द्रको उपाध्यक्षमा नियुक्त गरेकी छन्। राणालाई तत्कालीन अध्यक्षहरु क्रमशः प्रदीपजंग पाण्डे र पशुपति मुरारकाले उपाध्यक्ष नियुक्त गरेका थिए।

महासंघका एक पदाधिकारीका अनुसार कृषि उद्यम केन्द्रले सञ्चालन गरेका विभिन्न कार्यक्रममा वार्षिक ७ करोड रुपैयाँ भन्दा बढी घोटाला हुने गरेको छ। केन्द्रको रकममा घोटाला भएपछि कृषि तथा पशुपक्षी मन्त्रालयले बजेट दिनसमेत रोक्का गरेको छ। केन्द्रलाई मन्त्रालयले वार्षिक करिब ३० करोड रुपैयाँ दिदै आएको थियो।

‘महासंघ जस्तो व्यावसायिक हित हेर्ने संगठनभित्र रहेको कृषि उद्यम केन्द्रमा आर्थिक हिनामिना हुनु सानो विषय हैन,’ महासंघ स्रोतले भन्यो, ‘कृषिको विकासका लागि भन्दा उद्यम केन्द्रका पदाधिकारी र कर्मचारीको व्यक्तिगत विकासमा रकम बढी खर्च भएको छ।’

विस्तृतका लागि यहाँ क्लिक गर्नुहोस

प्रकाशित मिति: आइतबार, माघ १३, २०७५  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु !
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु ! आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
नेप्से परिसूचक १९ अङ्कले घट्यो आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्