• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रमा वार्षिक करोडौं हिनामिना, अध्यक्ष राणा पनि मुछिइन्

64x64
उत्तम काप्री शुक्रबार, पुस २७, २०७५  २०:३३
1140x725

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको मातहतमा रहेको कृषि सम्बन्धी काम गर्ने ‘कृषि उद्यम केन्द्र’को बजेटमा लामो समयदेखि करोडौं रुपैयाँ हिनामिना हुँदै आएको तथ्य सतहमा आएको छ। आर्थिक हिनामिना महासंघका पदाधिकारीकै मिलेमताेमा भएको रहस्य खुल्न आएको हो।

आर्थिक हिनामिनामा महासंघकी अध्यक्ष भवानी राणा समेत मुछिएकी छिन्।

महासंघका एक पदाधिकारीका अनुसार कृषि उद्यम केन्द्रले सञ्चालन गरेका विभिन्न नामका प्रोजेक्टमा वार्षिक ७ करोड भन्दा बढी आर्थिक हिनामिना भएको हो।

‘महासंघ जस्तो संगठनभित्र रहेको कृषि उद्यम केन्द्रमा आर्थिक हिनामिना हुनु सानो विषय हैन', स्रोतले भन्यो, ‘कृषिको विकासका लागि भन्दा उद्यम केन्द्रका पदाधिकारी र कर्मचारीको व्यक्तिगत विकासमा बढी खर्च भएको छ।’

केन्द्रले सञ्चालन गरेका परियोजनाबारे नेपाल लाइभले प्राप्त गरेको आर्थिक कागजपत्रमा पनि प्राेजेक्टको कुल बजेटको ६० प्रतिशतभन्दा बढी रकम तलब, दैनिक भत्ता तथा भ्रमणमा अनियमित रुपमा खर्च भएको देखिन्छ।

महासंघअन्तर्गतको उद्यम केन्द्रलाई नेपाल सरकार र विदेशी दाताले हरेक वर्ष सरदर ३० करोड रुपियाँ बराबरको बजेट दिँदै आएका छन्। यही बजेटका आधारमा केन्द्रले कृषि परियोजनाहरु सञ्चालन गरिरहेको छ। तर, उपलब्धी भने शून्य जस्तै छ।

‘परियोजनाको रकम खर्चमा विकृति पहिलेदेखि नै भएको रहेछ’, स्रोतले भन्यो, ‘यतिसम्म कि प्रोजेक्टमा भएको खर्चको आजसम्म अफिसियल अडिट हुन सकेको छैन।’ कर्मचारीको हस्तारक्षरमा सामान्य रुपमा एउटा आर्थिक प्रतिवेदन जारी भइरहेको छ। त्यसमा उद्योग वाणिज्य महासंघका कुनै पदाधिकारीको हस्ताक्षर छैन।

हेर्नुहोस् कागजातको तस्बिर:

Ncell 2
Ncell 2
nimb
nimb

कागजातमा पदाधिकारीको नभएर कर्मचारीको हस्ताक्षर मात्र किन प्रयोग गरिएको हाे? हामीले महासंघका एक पदाधिकारीसँग जिज्ञासा राख्यौं।

उनले हाँस्दै भने, ‘यदि यो अनियमितताबारे छानबिन भयो भने पदाधिकारीहरु जोगिनका लागि यस्तो उपाय अबलम्बन गरेका हुन्। यो सरासर भ्रष्टाचार हो।’

कृषि उद्यम केन्द्रको पैसा पनि महासंघकै पैसा हो। केन्द्रमा आएको रकम पनि महासंघकै बैंक खातामा आउनुपर्छ। तर, आजसम्म केन्द्रको नाममा आएको बजेट महासंघको खाता नल्याइएको ती पदाधिकारीले जानकारी दिए।

महासंघको खातामा केन्द्रको बजेट नआउँदा 'मोजमस्ती'मा बढी रकम खर्च भइरहेको छ।

सबैभन्दा आश्चर्यजनक कुरा त केन्द्र महासंघ भित्रकै संस्था भएपनि अलग-अलग अडिट गरिएको छ। कानुनीरुपमा कुनै पनि संस्थाको दुई वटा ‘ब्यालेन्स सिट’ हुँदैन। तर, महासंघ भित्रकै संस्था उद्यम केन्द्रको बेग्लै ब्यालेन्स सिट बनाउँदै आर्थिक हिनामिना गर्ने गरिएको छ।

महासंघले अडिटका लागि जहाँ–जहाँ ब्यालेन्स सिट बुझाउनु पर्ने हो त्यहाँ छलकपट गर्दै महासंघको ब्यालेन्स सिट मात्रै बुझाएको छ। महासंघबाट ‘मेन एकाउन्ट’ मात्रै देखाउने काम भएको छ। तर, त्यसमा उद्यम केन्द्रको कुनै रेकर्ड नभएको स्रोत बताउँछ।

महासंघले जसरी अहिले दुई वटा ब्यालेन्स सिट बनाइरहेको छ, त्यो गैरकानुनी भएको महासंघका एक पदाधिकारी बताउँछन्। उद्यम केन्द्रको पैसा पनि महासंघकै हो। तर, उद्यम केन्द्रको ब्यालेन्स सिटमा करोडौ रुपैयाँ पेश्की दिइएको देखाइएको छ।

झन्डै १५ करोड पेश्कीमध्ये १० देखि ११ करोड रुपैयाँ पेश्की कसले लगेको हो भन्ने प्रमाण छैन। ‘अहिले त कतिपयले मैले पेश्कीमा देखाएको रकम लिएको छैन भनेर समेत भन्न थालेका छन्,’ स्रोतले भन्यो, ‘यति हाँस्यास्पद हिसाबले भ्रष्टाचार हुँदा पनि महासंघमा तैं चुप मै चुपको अवस्था छ।'

पेश्की लिएकामध्ये कतिपयले नक्कली बिल पेस समेत गरेको फेला परेको छ। कतिपयले भने कुनै पदाधिकारीमार्फत न्यूनमात्रामा रकम फिर्ता गरेका छन्।

गत आर्थिक वर्ष २०७४/०७५ मा  केन्द्रको नाममा ३४ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ। यो रकममध्ये घुमघाम तथा तलबमा ६० प्रतिशत र  प्रोजेक्टमा ४० प्रतिशत मात्रै रकम गएको छ। मोडालिटीअनुसार ८० प्रतिशत रकम प्रोजेक्टका लागि जानुपर्थ्याे।

आर्थिक हिनामिना गर्ने पदाधिकारी त्यसको हकदार हुनपर्छ। केन्द्रमै आउने अमेरिकी अनुदानको क्षेत्रमा पनि ४ वर्षदेखि आर्थिक हिनामिना भएको खुल्न आएको छ। दूतावासमै बसेर काम गर्ने 'छिरिङ' भनिने कर्मचारीले रसिद छपाउने, आफैं सदस्य बनाउने, आफैं रकम राख्ने काम गरिरहेको रहस्य खुलेको छ।

अमेरिकी दूतावाससँगको सम्झौताअनुसार त्यहाँ कर्मचारी राखेर काम गर्न पाइने उल्लेख रहेछ। तर, उनले दूतावासमार्फत आएको रकम केन्द्रको खातामा देखाउने  र आफूले विभिन्न शिर्षकमा उठाएको रकम भने नदेखाउने गरेका रहेछन्।

स्रोतका अनुसार केन्द्रले सञ्चालन गरेका कृर्षि परियोजनाका नाउँमा वार्षिक ७ करोड रुपैयाँ भन्दा बढी घोटाला हुने गरेको छ। तर, महासंघका अध्यक्षनै केन्द्रकाे अध्यक्ष भएपनि कर्मचारीलाई फसाउने काम भएको छ। अडिटमा न अध्यक्षको हस्ताक्षर छ, न कोषाअध्यक्षको। बरु कर्मचारीलाई हस्ताक्षर गर्न लगाइएको छ।

‘भवानी राणाजी अध्यक्ष भएपछि यो अनियमितता रोकिएला भन्ने सोचिएको थियो, तर यो क्रम अझै बढ्यो’, ती पदाधिकारीले भने, ‘उहाँले त झन् अझै गडबढ पो गर्दै हुनुहुन्छ।’

एक पदाधिकारीका अनुसार कृषि उद्यम केन्द्रकाे विगत २ वर्षदेखि ट्याक्समा संस्था नवीकरण समेत भएको छैन। यो पनि गलत अभ्यास हो। कृषि उद्यम केन्द्रले सञ्चालन गरेका ३ वटा अलग-अलग परियोजनाको अलग-अलग अडिटमा पनि गडबडी देखिएकाे छ।

'हाई माउन्टेन एग्रो विजनेस एन्ड लाइभ्लिहुड इम्प्रुभ्मेन्ट प्राेजेक्ट'मा कूल रकमको ५१ प्रतिशत पैसा तलब तथा भत्तामा खर्च भएको देखाइएको छ। महासंघ पदाधिकारीहरु हेलिकोप्टर चढेको रकम कर्मचारी दैनिक भत्ता र यातायात खर्च शिर्षकमा मिलाउने काम भइरहेको स्रोतको भनाइ छ।

यो प्रोजेक्टमा २०७२/०७३ र २०७३/०७४ मा मात्रै ४ करोड ८० लाख रुपैयाँ खर्च भएकाे छ।

यसैगरी 'हाइभ्यालु एग्रिकल्चर प्राेजेक्ट'मा पनि उस्तै अवस्था छ। ३ करोड ७० लाख रुपैयाँ भन्दा बढी बजेटमा कूल खर्चकाे झन्डै ५० प्रतिशत तलबमा खर्च भएको छ।

अर्को २ करोड ४९ लाख रुपैयाँको 'राइजिङ इनकम फर स्मल एन्ड फार्मर प्रोजेक्ट'को पनि कूल बजेटको ३२ प्रतिशत रकम तलब, भत्ता तथा भ्रमणमा खर्च भएको देखिएको छ।

‘केन्द्रको नाममा हुनुपर्ने काम भन्दा व्यक्तिगत प्रयोगमा रकम दुरुपयोग भएको छ। ट्राभलका सबै बिल नक्कली छन्’ महासंघ स्रोतले भन्यो, ‘केन्द्रको नाममा सबैभन्दा ठूलो घोटला पेश्की रकम लिएर गरिएको छ।’

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री आइतबार, भदौ २१, २०८३
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन आइतबार, भदौ २१, २०८३
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव आइतबार, भदौ २१, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी आइतबार, भदौ २१, २०८३
आज दिनभर खोज तथा उद्धारमा के–के भयो? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्