• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ललिता निवास प्रकरणमा अख्तियारसमक्ष कसले के भने? तत्कालीन प्रधानमन्त्रीदेखि भूमाफियासम्मको बयान

64x64
नेपाल लाइभ बिहीबार, माघ २३, २०७६  २१:५४
1140x725

काठमाडौं- ललिता निवास जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएको बयानका आधारमा नेपाल लाइभले मुख्य व्यक्तिहरूबारे समाचार सम्प्रेषण गरिरहेको छ।

नेपाल लाइभलाई प्राप्त फाइलका आधारमा तयार पारिएका समाचारहरू एकै ठाउँमा

तत्कालीन प्रधानमन्त्री माधव नेपाल 
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुगेका विषयमा आफू जिम्मेवार नभएको बयान दिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएको बयानका क्रममा तत्कालीन प्रधानमन्त्री नेपालले आफूले सरकारी निवास सुदृढीकरणमा मात्र चासो राखेर मन्त्रिपरिषद् आएको प्रस्तावमात्र पारित गरेको बयान दिएका हुन्। 
थप समाचार : तत्कालीन प्रधानमन्त्री नेपालको बयान- व्यक्तिका नाममा जग्गा पुग्नुमा म जिम्मेवार छैन

तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यक्ति विशेषलाई मोही कायम गराउने सम्बन्धमा मन्त्रिपरिषद्‍मा प्रस्ताव नआएको बताएका छन्।

ललिता निवास जग्गा अपचलन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष बयान दिँदै तत्कालीन प्रधानमन्त्री भट्टराईले गुठीको नाममा दर्ता गर्न स्वीकृति दिने निर्णयमात्रै भएको बयान दिएका हुन्। 
थप समाचार:  बाबुराम भट्टराईको बयान- व्यक्ति विशेषलाई मोही बनाउने प्रस्ताव आएको थिएन

तत्कालीन मन्त्री विजयकुमार गच्छदार
तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले मन्त्रीको हैसियतमा मात्र ललिता निवासकाे जग्गा व्यक्तिको बनाउने निर्णय मन्त्रिपरिषद्‍मा लैजान स्वीकृति दिएको दाबी गरेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएको बयानका क्रममा उनले यस्तो दाबी गर्दै भ्रष्टाचारको मनसाय नभएको बताएका हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रालयका सचिवले तयार गरेको विशिष्ट व्यक्तिको निवास विस्तार गर्ने गुरुयोजना लागू गर्ने प्रस्तावमा आफूले हस्ताक्षर गरेको उनको दाबी थियो। 
थप समाचार : सचिवले गरेको प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजान स्वीकृति दिएको हुँ : विजयकुमार गच्छदार

तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठ
तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठले सचिवले मनासिब ठहर गरेको निर्णयमा आफूले सही मात्रै गरेको बताएका छन्।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले उनीसँग लिएको बयानमा उनले यस्तो बताएका हुन्। 
थप समाचार : पूर्वमन्त्री डम्बर श्रेष्ठको बयान- सचिवले प्रस्ताव तयार पारे, सदर मात्रै गरेको हुँ

तत्कालीन मन्त्री चन्द्रदेव जोशी
तत्कालीन मन्त्री चन्द्रदेव जोशीले सचिवले कानुनसम्मत भएको भनेकाले मन्त्रिपरिषद् बैठकमा लैजान स्वीकृति दिएको बताएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएको बयानका क्रममा उनले सचिवको राय परामर्श अनुसार नै काम गरेको तर गलत मनसाय नरहेको दाबी गरेका हुन्। 
थप समाचार : मन्त्री चन्द्रदेव जोशीको बयान- सचिवले कानुनसम्मत भनेपछि स्वीकृत गरेँ

तत्कालीन मन्त्री छविराज पन्त
तत्कालीन भूमिसुधार मन्त्री छविराज पन्तले तत्कालीन भूमिसुधार मन्त्रीले गराएको निर्णय र निर्देशनका आधारमा काम गरेको बयान दिएका छन्।

अख्तियारले लिएको बयानमा उनले भनेका छन्, 'मिति २०६७ वैशाख २७ मा भएको निर्णय र निर्देशनको आधारमा निर्णय र निर्देशनका लागि मिति २०६७ वैशाख ३१ को मन्त्रिपरिषद्को निर्णयका आधारमा मातहतमा कार्यालयमा आवश्यक निर्देशन गएको हो।'
थप समाचार : पूर्वसचिव छविराज पन्तको बयान :  मन्त्रिपरिषद्को निर्णयका आधारमा निर्देशन दिएको हो

तत्कालीन राज्यमन्त्री सञ्जयकुमार साह
तत्कालीन राज्यमन्त्री सञ्जयकुमार साहले आफूले राज्यमन्त्रीको हैसियतमा मात्र हस्ताक्षर गरेकोबाहेक अन्य कुनै कसुर नगरेको दाबी गरेका छन्। 

अख्तियारले लिएको बयानका क्रममा तत्कालीन राज्यमन्त्री साहले यस्तो दाबी गर्दै आफ्नो संलग्नता अस्वीकार गरेका हुन्। 
थप समाचार तत्कालीन राज्यमन्त्री सञ्जयकुमार साहको बयान- हस्ताक्षर मेरो हो, संलग्नता छैन

तत्कालीन सचिव दीप बस्न्यात
पूर्व सचिव दीप बस्न्यातले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुगेको विषयको जिम्मेवारी तत्कालीन मन्त्रिपरिषद् र मुख्य सचिवले लिनुपर्ने बयान दिएका छन्।

अख्तियारले लिएको बयानमा उनले भनेका छन्, 'मन्त्रिपरिषदबाट ठीक/बेठीक ठहराई मन्त्रिपरिषदमा पेश भई मन्त्रिपरिषदले निर्णय गरेको विषयमा मन्त्रिपपरिषद् नै जिम्मेवार हुने हुँदा यसको अन्तिम जिम्मेवारी मुख्य सचिव र तत्कालीन मन्त्रिपरिषद्ले नै लिनुपर्ने हुन्छ।'
थप समाचार :तत्कालीन सचिव दीप बस्न्यातको बयान : मन्त्रिपरिषद् र मुख्य सचिवले जिम्मेवारी लिनुपर्छ

तत्कालीन सचिव दिनेशहरि अधिकारी
तत्कालीन सचिव दिनेशहरि अधिकारीले मन्त्रीको निर्णय अनुसार नै आफूले मन्त्रिपरिषद्‍मा प्रस्ताव पठाएको बताएका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएको बयानका क्रममा उनले मन्त्रीबाट आएको निर्णय अनुसार काम गर्दा भ्रष्टाचारको मनसाय नभएको बताएका हुन्। 
थप समाचार : सचिव दिनेशहरि अधिकारीको बयान : मन्त्रीको निर्णयअनुसार नै प्रस्ताव पठाएको हुँ

माफिया शोभाकान्त ढकाल
स
बैभन्दा धेरै सक्रिय देखिएका शोभाकान्त ढकालले बालुवाटार क्षेत्रमा रहेको जग्गा बिक्री गर्न सुवर्ण शम्शेरका हकवाला आएपछि आफूले प्रक्रिया पूर्‍याएरै जग्गा खरिद गरेको दाबी गर्दै सरकारी जग्गा व्यक्तिलाई दिने विषयमा मन्त्रिपरिषद्लगायतका सरकारी निकायबाट भएका निर्णयमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।
थप समाचार : मुख्य भूमाफिया शोभाकान्तको दाबी : सरकारी निर्णयमा मेरो संलग्नता हुनै सक्दैन

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  २१:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्