काठमाडौं– पूर्व भूमिसुधार मन्त्री छविराज पन्तले तत्कालीन भूमिसुधार मन्त्रीले गराएको निर्णय र निर्देशनका आधारमा काम गरेको बयान दिएका छन्।
अख्तियारले लिएको बयानमा उनले भनेका छन्, 'मिति २०६७ वैशाख २७ मा भएको निर्णय र निर्देशनको आधारमा निर्णय र निर्देशनका लागि मिति २०६७ वैशाख ३१ को मन्त्रिपरिषद्को निर्णयका आधारमा मातहतमा कार्यालयमा आवश्यक निर्देशन गएको हो।'
उनको बयान जस्ताको तस्तै:
म भूमिसूधार सचिवका रुपमा २०६६ साल कात्तिकदेखि २०६७ माघसम्म कार्यरत थिएँ।
मिसिलमा संलग्न मन्त्रिपरिषद् समक्ष पेस गरेको प्रस्तावमा भएको दस्तखत मेरो पनि हो। सचिवको हैसियतले मैले नेपाल सरकार मन्त्रिपरिषदबाट भएका मिति २०६६ चैत २९ र २०६७ वैशाख ३१ का निर्णय कार्यान्वयन गर्नका लागि मातहतमा निकायमा पठाउने काम गरेको हो।
भूमिसुधारमन्त्रीबाट मिति २०६७ वैशाख २७ मा भएको निर्णय र निर्देशनको आधारमा निर्णय र निर्देशनका लागि मिति २०६७ वैशाख ३१ को मन्त्रिपरिषद्को निर्णयका आधारमा मातहतमा कार्यालयमा आवश्यक निर्देशन गएको हो।
भौतिक योजना तथा निर्माण मन्त्रालयको बालुवाटारमा अवस्थित विशिष्ट व्यक्तिहरुको निवास परिसर विस्तार गुरुयोजना कार्यान्वयनका लागि आवश्यक जग्गा व्यवस्था प्राप्ती ऐन, २०३४ अनुसार गर्ने दायित्व पनि योजना कार्यान्वयन गर्ने मन्त्रालयको हुन्छ। उहाँहरुको सो प्रक्रिया किन अपनाउनु भएन त्यो कुरा उहाँहरुलाई सोधनी भएमा त्यसको जवाफ आउन सक्ला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।