काठमाडौं- पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठले सचिवले मनासिब ठहर गरेको निर्णयमा आफूले सही मात्रै गरेको बताएका छन्।
ललिता निवास जग्गा प्रकरणमा अख्तियारले उनीसँग लिएको बयानमा उनले यस्तो बताएका हुन्।
उनको बयान जस्ताको तस्तै
जग्गा प्रशासनका उप–सचिव हुपेन्द्रमणि केसीद्वारा तयार पारिएको उक्त प्रस्ताव भूमिसुधार विभाग हुँदै मन्त्रालयमा आएपछि मन्त्रालयका सचिव छविराज पन्तले मन्त्रिपरिषमा प्रस्ताव लान मनासिवदेखि निर्णयार्थ पेस गरेको प्रस्तावलाई मैले सदर गरेको र सही मैरै हो।
ललिता निवासभित्रको जग्गा नेपाल सरकारको सम्पत्ति हो।
एउटा सरकारले गरेको गलत निर्णयलाई उल्टाई सरकारी सम्पतिको रक्षा यो सरकारले गरोस् भन्ने उद्देश्यले निर्णय गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।