काठमाडौं- ललिता निवास प्रकरणमा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले मन्त्रीको हैसियतमा मात्र ललिता निवासकाे जग्गा व्यक्तिको बनाउने निर्णय मन्त्रिपरिषद्मा लैजान स्वीकृति दिएको दाबी गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएको बयानका क्रममा उनले यस्तो दाबी गर्दै भ्रष्टाचारको मनसाय नभएको बताएका हुन्।
मन्त्रालयका सचिवले तयार गरेको विशिष्ट व्यक्तिको निवास विस्तार गर्ने गुरुयोजना लागू गर्ने प्रस्तावमा आफूले हस्ताक्षर गरेको उनको दाबी थियो।
गच्छदारको बयान जस्ताको तस्तै
म २०४८ सालपछि पटक-पटक विभिन्न मन्त्रालय हुँदै ४/५ पटक भौतिक योजना तथा निर्माण मन्त्रालयमा विभागीय मन्त्रीको हैसियतमा थिएँ।
तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट भएका निर्णयहरुको सम्बन्धमा २०६५/२०६६ सालमा तयार भएको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशनअनुसार मन्त्रिपरिषदमा प्रस्ताव पठाउँदा गरेको हस्ताक्षर मेरो हो।
विशिष्ट व्यक्तिहरुको निवास विस्तार गर्ने सम्बन्धमा तयार भएको गुरुयोजना लागू गर्नका लागि मेरो मन्त्रालयका सचिवले तयार गरी म समक्ष पेश गरेको प्रस्ताव मन्त्रिपरिषदमा लैजानका लागि मैले स्वीकृति दिएको हुँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।