• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ९, २०८२ Sun, Oct 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नख्खु बिस्फोटका युवकको बयान-विप्लवका अंगरक्षकले बम बनाए, मैले लगेर राखेँ

हेमन्तप्रकाश वलीको संलग्नता नदेखिएको उच्चको ठहर
64x64
नारायण अधिकारी शुक्रबार, माघ १७, २०७६  १८:४२
1140x725

काठमाडौं- ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि भएको बम बिस्फोटको घटनामा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य हेमन्तप्रकाश वलीको संलग्नता नरहेको उच्च अदालत पाटनले ठहर गरेको छ।

गत फागुन १० गते नख्खुस्थित एनसेल कार्यालयमा बम बिस्फोट हुँदा सिंहप्रसाद गुरुङको ज्यानसमेत गएको थियो। उक्त घटनामा संलग्न रहेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत चैत ९ गते वलीसहितका नेतालाई पक्राउ गरेको थियो।

वलीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर उच्च अदालत पाटनले जिल्ला अदालतको उक्त आदेश बदर गर्ने निर्णय गरेको छ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको आदेशले जिल्ला अदालतको आदेश बदर गरेको हो।

वलीसँगै नख्खु बिस्फोटको घटनामा ईश्वर परियार, माइला लामा, धिरिन्द्राकुमारी उपाध्यायको हकमा पनि जिल्लाको आदेश उच्चले बदर गरेको छ। 

यी चारै प्रतिवादीविरुद्ध जाहेरी नपरेको, सोही घटनामा पक्राउ परेका अन्य व्यक्तिले समेत उनीहरुको संलग्नता नरहेको भनेर इन्कारी बयान दिएको, घटनास्थलमा उनीहरुको उपस्थिति नदेखिएको, घटना विवरणको कागज गर्ने व्यक्तिले समेत उनीहरुको बारेमा केही नखुलाएकाले बिस्फोटमा उनीहरुको संलग्नता रहेको भन्न नमिल्ने उच्चको आदेशमा उल्लेख छ।

नेता वलीले पनि आफूलाई लागेको आरोपमा समेत इन्कारी बयान दिएका छन्। उनले अदालत समक्ष भनेका छन्- ‘आफ्नो क्षेत्रभित्र घटना भएकाले सामाजिक सञ्जालमार्फत् जिम्मा लिएको र अन्तर्वार्ता दिएको हुँ। तर उक्त घटना गराउन मैले निर्देशन दिएको छैन।  अन्य कुनै माध्यमबाट सहयोग पनि गरेको छैन।’

Ncell 2
Ncell 2

सोही घटनामा संलग्न भनेर पक्राउ परिएका व्यक्तिले समेत वलीको संलग्नता नरहेको बयान दिएपछि उच्च अदालतले नख्खु बिस्फोटको घटनामा उनको संलग्नता नरहेको ठहर गरेकाे हो।

हातहतियारमा जिल्लाकै आदेश सदर

नख्खु बिस्फोटमा संलग्नता नरहेको उच्च अदालतले आदेश दिए पनि वलीसहितका केही नेता भने रिहा हुन बाटो खुलेको छैन। वलीसहितका विप्लवका नेताविरुद्ध बिस्फोटक पदार्थ, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको अपराध, हातहतियार तथा खरखजना र संगठित अपराधको मुद्दा चलाइएको थियो।

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा भने हेमन्त वलीसहितका नेता साधारण तारेखमा छुटेर मुद्दा लड्न पाउने भएका थिए। तर उनीहरुमाथि लगाइएको अन्य आरोपमा भने उच्च अदालतले थुनामै राखेर मुद्दाको कारबाही प्रक्रिया अगाडि बढाउनु पर्ने जिल्ला अदालतको आदेश सदर गरेको छ।

हेमन्तप्रकाश वली, लोकेन्द्रबहादुर खड्का, बुद्धबहादुर सिंहको साथबाट पेस्तोल, गोली, म्याग्जीन, डेटोनेटर लगायतका हातहतियार बरामद भएको, उनीहरुकै रोहबरमा यी बस्तुको मुचुल्का तयारी पारिएको, बरामद पदार्थ, हतियार, बिस्फोटक पदार्थ भएको भन्ने प्रयोगशालाबाट समेत परीक्षण भएको प्रतिवेदन आएकाले हातहतियार तथा खरखजाना मुद्दामा जिल्लाकै आदेश उच्च अदालतले सदर गरेकाे छ। 

‘हतियार बरामद भएको गाडीका चालक धर्मराज राजवाहकको घटना विवरण कागजात र अन्य प्रमाणका आधारमा उनीहरु कसुरदार होइनन् भन्न सक्ने अवस्था नआएकाले जिल्ला अदालतकै आदेश सदर गरिएको छ’ उच्च अदालतको आदेशमा उल्लेख गरिएको छ।

‘विप्लवका अंगरक्षकले बम बनाए, मैले लगेर राखेँ’

नख्खु बिस्फोटकै घटनामा जिल्ला अदालतको आदेशले पुर्पक्षमा कारागार रहेका शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने डिकेन्द्र राई, विप्लवका अंगरक्षक सूर्य भुजेल, दोर्जी शेर्पा र वीरबहादुर कडायतविरुद्ध भने जिल्ला अदालतकै फैसला उच्चले सदर गरेको छ।

२०७५ फागुन १० गते भएको नख्खुस्थित एनसेल अफिसमा भएको बिस्फोटमा आफूहरुको संलग्नता नरहेको भनेर उनीहरुले बताए पनि विभिन्न प्रमाणले उनीहरु संलग्न रहेको देखाएको उच्च अदालतले जनाएको छ।

जुम्ली भन्ने वीरबहादुर कडायतले माथि उल्लेखित प्रतिवादीहरुकै योजनामा बम बिस्फोट गराएको बयान दिएका छन्। 

उनको बयान अनुसार विप्लवका अंगरक्षक सूर्यले बम बनाएका थिए। ‘डिकेन्द्रले मोटरसाइकल चलाए। मैले पछाडि बसेर बम बोकेँ। पछि-पछि सूर्य, रामकृष्ण, शिव अन्य दुई वटा मोटरसाइकलमा आए’, वीरबहादुरले अदालतसमक्ष भनेका छन्, ‘नख्खुस्थित एनसेल अफिसमा अगाडि पुगेपछि मैले बम राखेँ, र हामी भाग्यौं।’

वीरबहादुरले अदालतमा दिएको बयानमा समेत डिकेन्द्रको मोटरसाइकलमा गएर बम राखेको कुरा बताएका छन्। अन्य प्रतिवादीले समेत वीरबहादुरसँग बिस्फोट गराउनु पूर्व र बिस्फोट भएपछि पटक-पटक फोन सम्पर्क गरेको कल डिटेल देखिएको, मिसिलमा संलग्न सिसीटिभी फुटेजबाट समेत वीरबहादुरले बयानमा भनेका कुरा मेल खाएको र तीन वटा मोटरसाइकलमा ६ जना व्यक्ति गएर बम राखेर भागेको देखिएकाले उनीहरुलाई भने जिल्लाकै आदेशअनुसार पुर्पक्षमा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले जिल्लाको आदेश सदर गरिएको उच्चले जनाएको छ।

उता घटना विवरण कागज गर्ने एनसेलका सुरक्षागार्ड झुपबहादुर रोकायाले समेत सूर्यको हुलिया सनाखत गरेका थिए। एनसेलकै ‘चिफ सेक्युरेटी एडिमिन्सिट्रेशन अफिसर’ महेन्द्रकुमार भट्टचन, घाइते प्रतिक्षा खड्काको बयान र अन्य प्रमाणबाट उनीहरु बिस्फोटमा संलग्न रहेको देखिएले पुर्पक्षमै राखेर अनुसन्धान गर्नुपर्ने उच्चको आदेश छ।

माइला लामासहित तीन जना रिहा हुने

विप्लव नेकपाका पोलिटब्यूरो सदस्य माइला लामा, धिरेन्द्राकुमारी उपाध्याय (भृकुटी), नवीन विश्वकर्मा (हितमान) भने रिहा हुने भएका छन्। उनीहरुको नख्खु बिस्फोटमा संलग्नता नदेखिएको उच्च अदालतले जनाएको छ। 

उनीहरुको साथबाट कुनै बिस्फोटक पदार्थ, हातहतियार बरामद नभएकाले उक्त कसुरमा समेत उनीहरुको संलग्नता नदेखिएको उच्चको आदेशमा उल्लेख गरिएको छ। पक्राउ परेका अन्य व्यक्तिले समेत उनीहरुको संलग्नताबारे इन्कारी बयान दिएकाले साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ।

तर अहिलेसम्म उनीहरु भने नख्खु जेलमै रहेको नख्खु कारागार स्रोतले जानकारी दियो। ‘थुनामुक्त हुने पत्र नआएसम्म हामीले छाड्न मिल्दैन अहिले उहाँहरु कारागारमै हुनुहुन्छ’ कारागारका एक अधिकारीले नेपाल लाइभसँग भने।

माइला लामासहित तीन जना रिहा हुने भए पनि हेमन्त वलीसहित अन्यको हकमा भने एउटा मुद्दामा उच्चले साधरण तारेखमा रहने आदेश जारी गरे पनि अरु कसुरमा जिल्लाकै आदेश सदर गरेकाले उनीहरु पुर्पक्षमा नै कारागार रहने छन्।

विप्लव नेकपाका नेताहरुको तर्फबाट बरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कान्तिराम निरौला, खिमानन्द अधिकारी, बासुदेव सिग्देल, सन्तोष कोइराला, चुडाबहादुर निरौला, कपिलचन्द्र पोखरेल, रामकृष्ण भण्डारीले बहस गरेका थिए।

यो पनि

नख्खु बम विस्फोटमा संलग्न भएको आरोपमा विप्लव समूहका नेता पक्राउ

नख्खुस्थित एनसेल  गेटअगाडि भएको विष्फोटका झलक [फोटोफिचर]

बम विस्फोट गराएको आशंकामा २ जना पक्राउ

विप्लव नेकपाका उपत्यका ब्युरो इन्चार्ज लामा काँडाघारीबाट पक्राउ

विप्लव नेकपाका उपत्यका ब्युरो इन्चार्ज माइला लामा कारागार चलान

 
 
 
 

 

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
छठको दोस्रो दिन आज ‘खरना’ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली बुधबार, कात्तिक ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्