काठमाडौं- मार्जिन कारोबार गर्न स्वीकृति लिएका २१ वटा धितोपत्र दलाल कम्पनीमध्ये ८ वटा कम्पनीले मात्र आर्थिक वर्ष २०७६/७७ का लागि अनुमतिपत्र नवीकरण गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट मार्जिन कारोबारको अनुमतिपत्र पाएका २१ वटा धितोपत्र दलाल सदस्यमध्ये अघिल्लो आर्थिक वर्षमा अनुमतिपत्रत्र प्राप्त गरेका कञ्चनजंगा सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, नेपाल स्टक हाउस लिमिटेड नवीकरण गरेका छन्।
यसैगरी, प्राईमो सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, कोहिनुर इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज र दीपशिखा धितोपत्र कारोबार कम्पनी लिमिटेड गरी ८ वटा कम्पनीको अनुमतिपत्र नवीकरण भएको हो।
मार्जिन कारोबारको अनुमति पाएका तर अनुमति पत्र नवीकरण नगरिएका अन्य १३ वटा दलाल व्यवसायीहरुको आर्थिक वर्ष २०७६/७७ का लागि मार्जिन कारोबार गर्न पाउने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।